अटो एक्स्पोमा सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक

  • Technology Khabar | २८ पुष २०७९, बिहीबार

काठमाडौं ।

मारुती सुजुकीले बुधबार कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक गरेको छ। बुधबारदेखि भारतको नयाँ दिल्लीमा शुरु भएको अटो एक्स्पो २०२३मा सुजुकीले कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक गरेको हो।

यस ईभीमा कम्पनीले बलियो इन्जिन सिस्टम विकसित गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

‘इमोसनल भर्सटाटाइ क्रूजर’ कन्सेप्ट ईभीएक्स मिड साइट इलेक्ट्रिक एसयूभी हो। यो सुजुकी मोटर कर्पोरेन जापानले डिजाइन र विकसित गरेको हो।

यसमा कमान्डिङ हाई सिटिङ एसयूभीको डिजाइन दिइएको छ। यस कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्समा रहेको ६० किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यसमा ईभी बनाउनका लागि पूर्ण रुपममा नयाँ प्लेटर्फमको उपयोग गरिएको छ। ईभीको लम्बाई ४३ मिमी, चौडाई १८०० मिमी र उचाई १६०० मिमी छ।

एसयूभी सिल्हूटको हावाको प्रभावबाट कारको स्पीड प्रभावित नहोस् भन्ने गरी डिजाइन गरिएको छ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया