बेलायत डिजिटल पाउन्ड ल्याउने योजनामा

  • Technology Khabar | २८ पुष २०७९, बिहीबार

काठमाडौं ।

बेलायत सरकारले राष्ट्रिय क्रिप्टोकरेन्सी वा ‘डिजिटल पाउन्ड’ ल्याउन विचार गरिरहेको अर्थ सचिवले सांसदहरुलाई भनेका छन्।

युके विश्व क्रिप्टो हब बन्न प्रतिबद्ध थियो, एन्ड्रयू ग्रिफिथले भनेको बीबीसीले उल्लेख गरेको छ।

स्टेबलक्वाइनको भुक्तानी उद्देश्यका लागि थोक उपयोगका लागि बेलायत सरकारले लामो यात्रा तय गरेको छ।

स्टेबलक्वाइन अनुमान गर्न सकिन परम्परागत मुद्रा र सुन जस्तै सम्पतिसँग सम्बन्धित अनुमानित मूल्य कायम राख्नका लागि डिजाइन गरिएको हुन्छ।

डिजिटल पाउन्डको विशेषताहरुमा सार्वजनिक परामर्श आगामी हप्तामा शुरु हुने ग्रिफिथले ट्रेजरी समितिलाई भने।

‘म हामीले एउटा शासन स्थापना गरेको हेर्न चाहन्छु, र यो एफएसएमबी (फाइनान्सियल सिर्भिस एण्ड माक्रेट बिल, हाल संसदमा बहस भइरहेको छ) स्टेबलक्वाइनको भुक्तानी उद्देश्यका लागि थोक प्रयोगको लागि हो,’ उनले भने।

विश्वभरका केन्द्रीय बैंकहरुले डिजिटल करेन्सीहरु विकास वा अन्वेषण गरिरहेका छन्।

नेपालमा पनि राष्ट्र बैंकले डिजिटल करेन्सीमा काम गरिरहेको छ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया