
काठमाडौं ।
सीइएस २०१८ मा डेब्यु गरेको पाँच वर्षपछि हुन्डाईको ई-कर्नर प्रविधि हब वास्तविकताको नजिक पुगेको बताइएको छ। हुन्डाईको उक्त नयाँ प्रणाली गत हप्ताको शोमा प्रदर्शनीमा राखिएको थियो।
यस पटक टेक प्रदर्शनीको निम्ति समर्पित भएर प्रोटोटाइप निर्माण गर्नुको सट्टा अटोमेकरको मोबिस आर्मले ई-कर्नरलाई आयोनिक फाइभ ईभीमा सामेल गरेको छ।
हुन्डाईको नयाँ मोड्युल हमर ईभीको क्रयाब वाक प्रणाली जस्तै भएको इनग्याजेटले उल्लेख गरेको छ। यसले गर्दा गाडीको पांग्रा ९० डिग्रीमा घुमाउन सकिने जुन परम्परागत सस्पेन्सन सिस्टम भएका सवारी साधनमा मिल्दैन। साथै गाडीको पांग्राहरूलाई ९० डिग्रीमा घुमाएर तेर्सोरूपमा चलाएर सहज ढङ्गमा समानान्तर पार्किङ गर्न सकिने दाबी गरिएको छ।
हालको समयमा उक्त प्रणाली कम व्यावहारिक र असमान्य लागेतापनि धेरै नै राम्रो भएको उल्लेख गरिएको छ। ई–कर्नरले गर्दा गाडी डायग्नोल्ली सर्न र ठाउँको ठाउँमै घुमाउन सक्नुका साथै पिभोट टर्न गर्न पनि सम्भव रहेकोछ।
यद्यपि ई-कर्नर मोड्युलहरू प्रोडक्सन सवारी साधानहरूमा समावेश भएको हेर्नका लागि भने अझै केही वर्ष कुर्न पर्ने बताइएको छ। सन् २०२१ मा हुन्डाई मोबिसले बताएको योजना अनुसार उक्त प्रविधि २०२५ मा उपलब्ध गराउने रहेको भनी उल्लेख गरिएको छ।
त्यसैगरी हुण्डाईको लागि मात्र नभएर डिभिजनले अन्य कम्पनीहरूको लागि पनि पार्टपूर्जाहरू उत्पादन गर्ने भएकोले अब अन्य अटोमेकरहरूले आफ्नो कारमा उक्त प्रविधिलाई समावेश गरेको देख्दा अचम्म मान्नु पर्नेछैन।
भिडियो हेर्नुहोस्ः
प्रकाशित: २७ पुष २०७९, बुधबार