
काठमाडौं ।
चीनमा शाओमी १३ सिरिज सफलतापूर्वक सार्वजनिक गरेपछि स्मार्टफोन कम्पनीले एमडब्ल्यूसी २०२३ मा अर्को फ्ल्यागशिप मोडल डेब्यू गर्ने तयारी गरिरहेको छ। आगामी स्मार्टफोन १३ सिरिजको प्रिमियम फोन हुनेछ। डिभाइसको नाम शाओमी १३एस अल्ट्रा हुने गिगचाइनाले उल्लेख गरेको छ।
आगामी शाओमी फ्ल्यागशिप फोन लाइका क्यामरामा आउनेछ। शाओमी १२एस अल्ट्राको उत्तराधिकारीले क्यामरामा कुनै मौका लिने छैन।
फोनमा १ इन्चको सेन्सर हुने आशा गर्न सकिन्छ जुन शाओमी १२एस अल्ट्राको जस्तो हुन सक्छ। यदपि शाओमीको सेन्सरमा केही सुधार देख्न सकिन्छ।
फोनको धेरै फिचरहरु सार्वजनिक गरिएको छैन। आगमी फ्यागशिप शाओमी फोन स्न्यापड्रागन ८ जेन२ एसओसी र क्यूएचडीप्लस डिस्प्लेमा आउनेछ।
एमडब्ल्यूसी २०२३ आगामी फेब्रुअरी २७ मा स्पेनको बार्सिलोनमा आयोजना हुनेछ।
प्रकाशित: २७ पुष २०७९, बुधबार