भारतमा टाटाको सानो इलेक्ट्रिक ट्रकको डेलिभरी शुरु, रेञ्ज १५४ किलोमिटर

  • Technology Khabar | २७ पुष २०७९, बुधबार
भारतमा टाटाको सानो इलेक्ट्रिक ट्रकको डेलिभरी शुरु, रेञ्ज १५४ किलोमिटर

काठमाडौं ।

टाटा मोटर्सले सोमबार भारतमा नयाँ ऐस ईभीको डेलिभरी शुरु गरेको छ। नयाँ ईभीले इन्ट्रा सिटी कार्गो ट्रान्सपोर्टमा मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ। यो भारतको सबैभन्दा एडभान्स फोर ह्वीलको सानो कमर्शियल सवारी भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ऐस ईभीको शुरुवाती मूल्य ६ लाख ६० हजार भारु एक्स शोरुम तोकिएको छ।

ऐस ईभीको पहिलो चरणको डेलिभरी ईकमर्श, एफएमसीजी र कुरियर कम्पनी र तीनका लोजिस्टिक्स सर्भिस दिने अमेजन, डीएचएल, फेडएक्स, फ्लिपकार्ट, जोन्सन एण्ड जोन्सन कन्ज्यूमर हेल्थ, मूभिङ, सेफेक्सप्रे र ट्रेन्ट लिमिटेडलाई दिइएको छ।

रेञ्ज

टाटा ऐस ईभीमा टाटा मोटर्सको इभोजेन इन्जिन छ। जसले १५४ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ। नयाँ मोडलमा एडभान्स ब्याट्री कुलिङ सिस्टम र रिजनरेटिभ ब्रेकिङ सिस्टम छ।

यस ईभीले रेगुलर र फास्ट चार्जिङ सिस्टम सपोर्ट गर्छ। यसमा रहेको २७ किलोवाटको मोटरले १३० एनएम पिक टर्क जनरेट गर्छ। टाटा ऐस ईभीमा २०८ क्यूबिक फिट वा ३३३२.१६ किलोग्राम/क्यूबिक मिटरको कार्गो भार तथा २२ प्रतिशतको ग्रेड क्षमता छ। जुन फुल लोडेड हुँदा पनि सजिलै उकालो चढ्न सक्ने कम्पनीको दाबी छ।

प्रकाशित: २७ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार