अमेरिकी आर्मी भन्दै फेसबुक मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २६ पुष २०७९, मंगलवार
अमेरिकी आर्मी भन्दै फेसबुक मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

अमेरिकी आर्मी भन्दै फेसबुक मार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। फेसबुक म्यासेजन्सरमा सिरियामा कार्यरत अमेरिकन आर्मी भन्दै अनलाइन मोबाइल बैंकिङ मार्फत विभिन्न बैंक खाताहरुमा रकम पठाउन लगाई ठगी गर्ने भारत दार्जलिङका ४० वर्षिय मोहम्द हाकिमलाई झापा मेचिनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

हाकिमले मेचिनगरकी ३७ वर्षिय बिममाया मगरलाई विद्यूतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ सहिमति लिई पुस २२ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन्।

हाकिमले फेसबुकको म्यासेजरबाट मगरलाई पटक पटक हाई, हेलो सहित म्यासेग गरी सिरियामा कार्यरत अमेरिकन आर्मी हु। मसँग धेरै अमेरिकन डलर छ। म उक्त रकम तपाईलाई पठाई दिन्छु भनि रकमको फोटो समेत खिची पठाई विभिन्न लोभ लालच देखाइ प्रलोभनमा पारी, तपाईलाई मैले उपहार पठाई दिइको छु एक दुई दिन पछि आईपुग्छ रिसिभ गर्नु होला भनि उपहार पठाएको जस्तो भान पर्ने गरी सोको भपाई पठाएका थिए।

पीडितले मलाई तपाईको रकम आवश्यक छैन भनि जवाफ फर्काउँदा उल्टै तपाईलाई आईएमएफको फन्ड एपप्रुभ सर्टिफिकेटको फोटो दुरुपयोग गरी मनी लनडरिङमा फस्नु भईसक्यो यदि सोबाट छुटकारा पाउन चाहनु हुन्छ भने तपाईको ह्वाट्सएप नम्बरमा आएको बैंक खातामा रकम जम्मा गरी दिनु भनि डर त्रास देखाएका थिए।

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार