चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो नयाँ स्याटेलाइट

Technology Khabar २६ पुष २०७९, मंगलवार

काठमाडौं ।

चीनले सोमबार दक्षिणी टापु प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट सफलतापूर्वक नयाँ भूउपग्रह अन्तरिक्षमा पठाएको छ।

सिजियान-२३ नामक स्याटेलाइट लङ मार्च-७ क्यारियर रकेटको परिमार्जित संस्करणमा बिहान ६ बजे (बेइजिङ समय) मा प्रक्षेपण गरिएको थियो र आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो।

शिजियान-२३ भूउपग्रह मुख्यतया वैज्ञानिक प्रयोग र प्राविधिक प्रमाणीकरणका लागि प्रयोग गरिने चिनियाँ समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४५९ औं उडान अभियान थियो।

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया