काठमाडौं ।
आज भन्दा ठ्याक्कै १६ वर्ष पहिले एप्पलका सीईओ स्टिभ जब्सले म्याकवर्ल्डको मञ्च मार्फत ब्राण्ड न्यू प्रोडक्टको घोषण गरेका थिए। जब्सले वर्णन गरे अनुसार उक्त प्रोडक्ट टच कन्ट्रोल्स सहितको वाइड स्क्रिन आइपड, एक क्रान्तिकारी मोबाईल फोन र एक सफल इन्टरनेट कम्युनिकेटर रहेका जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।
कालान्तरमा गएर आईफोनले आईपड म्यूजिक प्लेयर्सलाई ओझेल पारेपछि गत वर्षदेखि आईपडको उत्पादन नै बन्द गरिएको छ। त्यति मात्र नभएर आईफोन अहिले एप्पलको सबैभन्दा महत्वपूर्ण प्रोडक्टको रुपमा स्थापित भएको छ। कम्पनीको पछिल्लो आय प्रतिवेदन अनुसार म्याक, आईप्याड र वेयरेबल्सको संयुक्त आय भन्दा बढी आईफोनले मात्रै कुल ४२ बिलियन अमेरिकी डलर एप्पलमा भित्र्याएको छ।
यसका साथै हाल विश्व ट्याबलेट बजारमा आईप्याडले आफूलाई अग्र स्थानमा स्थापित गराउन सफल भएको बताइएको छ। एप्पलले आईफोन र आईप्याडको निम्ति चिपसेट डिजाइन गर्ने क्रममा बटुलेको अनुभवहरुले गर्दा इण्टेलबाट अलग भएर म्याकहरुको लागि एआरएम–आधारित चिपहरुमा स्विच गरेको छ।
एससरिज इकोसिस्टमको समृद्ध केन्द्रबिन्दु बन्दै आईफोन लगायत हेडफोन र स्मार्टवाच जस्ता सामानहरुले प्रत्येक त्रैमासिकमा अर्बौं डलर कम्पनीमा भित्र्याउने गरेका छन्।
यसलाई सबैले रुचाए वा नरुचाए पनि पछिल्लो दुई दशकहरुमा आईफोन सबैभन्दा प्रभावशाली र ससक्त प्रोडक्टहरु मध्ये एक भएको र यसले उक्त समयमा सम्पूर्ण मोबाइल उद्योगलाई आकार दिन मद्दत गरेको थियो।
अहिले पनि एप्पलका उत्पादनहरु र आईफोनको डिजाइन तथा प्रविधिहरु अन्य ब्राण्ड तथा कम्पनीहरुले नक्कल गर्ने वा त्यस्तै प्रयोग गर्ने गरेका छन्।
जसले गर्दा एप्पललाई विश्वकै मूल्यबान कम्पनी समेत बनाउन सफल भएको छ भने करोडौं मानिसहरु एप्पलका उत्पादन र सेवाहरु प्रति क्रेजी भएको देखिन्छ। आईफोनले स्मार्टफोनको समग्र भविश्य नै परिवर्तन गरिदिएको छ।
त्यसैले आईफोनलाई जन्मदिनको शुभकामना!
प्रकाशित: २६ पुष २०७९, मंगलवार