डाटा सर्भरमा आत्मनिर्भरता र साइबर सुरक्षा सुनिश्चित गर्ने सरकारको घोषणा

  • Technology Khabar | २६ पुष २०७९, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) डाटा सर्भरमा आत्मनिर्भरता र साइबर सुरक्षा सुनिश्चित गर्ने बताएका छन्।

प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले डाटा सर्भरमा आत्मनिर्भरता र साइबर सुरक्षा सुनिश्चित गर्ने बताएका हुन्।

‘डाटा सर्भरमा आत्मनिर्भरता र साइबर सुरक्षाको सुनिश्चिततासहित फाइभजी प्रविधि प्रयोगमा ल्याइनेछ,’ प्रचण्डले भने, ‘विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा इन्टरनेट सुविधा निःशुल्क हुनेछ।’

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार