
काठमाडौं ।
एप्पलले चीनमा यसै वर्ष सार्वजनिक गर्ने आईफोन १५ को ट्रायल उत्पादन थालनी गरेको छ। साथै भारतमा पनि उत्पादनको टाईमलाईनलाई गति दिने योजनामा रहेको जीएसएमएरिनाले बताएको छ।
एनपीआई (न्यू प्रोडक्ट इन्ट्रोडक्सन) प्रक्रिया सामान्यतया प्रत्येक वर्षको पहिलो क्वाटरमा शुरु हुने भएकाले एप्पललाई नयाँ आईफोनहरु फाइनलाइज्ड भएपछि वास्तविक उत्पादन कस्तो हुनेछ भनी अनुमान गर्न सहज हुने बताइएको छ।
त्यसैगरी फक्सकनले आईफोन १५एस को ट्रायल उत्पादन शुरु गरेको छ। साथै उक्त महत्वपूर्ण चरणले प्रक्रियामा संलग्न सबै पक्षहरु बिचको समस्याहरुलाई समाधान गर्ने लक्ष्य रहेको बताइएको छ। यसमा निर्माता लगायत आपूर्तिकर्ताहरु समावेश हुनुका साथै नयाँ मेसिनहरुको परीक्षण र गुणस्तर विश्वसनियता प्रक्रियाको सुनिश्चिता प्रदान गर्ने उल्लेख गरिएको छ।
साथै एनपीआई (न्यू प्रोडक्ट इन्ट्रोडक्सन) प्रक्रिया थालनीसँगै एप्पलले चीन र भारतको उत्पादन टाइमलाइनहरू बीचको अन्तरलाई कम गर्ने योजना रहेको रिपोर्टमा उल्लेख छ। यद्यपी एप्पलले भारतको तुलनामा ६ देखि ९ महिना अघिदेखि नै चीनमा वास्तविक उत्पादन शुरु गर्ने गरेको बताइएको छ। एप्पलले भारतीय साझेदारहरूसँग सम्बन्ध बिस्तार गर्ने क्रममा रहेको हुनाले अब भारतमा पनि उत्पादनले गति पाउने उल्लेख गरिएको छ।
कम्पनीको निर्णायक लक्ष्य भनेको भारत र चीनबीचको उत्पादन अन्तरलाई दुई साताले घटाएर कुल उत्पादनको ५ प्रतिशत भारतीय कारखानामा सार्ने रहेको बताइएको छ।
प्रकाशित: २६ पुष २०७९, मंगलवार