
काठमाडौं ।
होन्डाले नयाँ प्रविधिमा स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले स्कुटर रेञ्जमा ग्राहकलाई अधिक विकल्प प्रदान गर्ने योजना बनाएको हो।
कम्पनीले भर्खरै जनवरी २३ मा नयाँ स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
होन्डाले एक टीजरको माध्यमबाट नयाँ प्रविधि ल्याउने जानकारी दिएको हो। कम्पनीे यस प्रविधिलाई ‘एच स्मार्ट’ नाम दिएको छ। कम्पनीले नयाँ प्रविधिको बारेमा धेरै जानकारी दिएको छैन। तर रिपोर्टका अनुसार एच स्मार्ट कम्पनीको नयाँ हाइब्रिड प्रविधि हुन सक्छ।
एक्टिभा हाइब्रिड
होन्डाले एक्टिभालाई हाइब्रिड इन्जिनमा बजारमा ल्याउने छ। बजारमा यस अघि नै हाइब्रिड प्रविधिका स्कुटर उपलब्ध छन्। नयाँ जनरेसनको यामाहा फैसिनो हाइब्रिड इन्जिनमा बिक्री हुँदै आएको छ। हाइब्रिड इन्जिन युक्त सवारीको माइलेज राम्रो छ।

हाइब्रिड इन्जिन पेट्रोल र ब्याट्री दुवैको सहयोगबाट चल्छ। यसबाट एमिसन कम हुनुका साथै माइलेज पनि बढ्छ। टीजरका अनुसार होन्डाको आगामी दुई पांग्रे सवारी एआई प्रविधिमा आधारित हुनेछ। एक्टिभा कम्पनीको चर्चित स्कुटर मध्ये एक हो। त्यसैले एक्टिभालाई हाइब्रिड प्रविधिका साथ प्रस्तुत गर्ने सम्भावना अधिक छ।
माइलेज र फिचर
यदि एक्टिभा हाइब्रिड इन्जिनमा प्रस्तुत भएमा हालको मोडलको भन्दा यसको माइलेज अधिक हुनेछ। हाइब्रिड इन्जिनमा उपलब्ध यामाहा फसिनो र रेजेड आर स्कुटरको माइलेज ६०–६५ किलोमिटर प्रतिलिटर छ। एक्टिभा हाइब्रिडको माइलज पनि यामाहा हाइब्रिड सरनै हुने विश्वास गर्न सकिन्छ।
हाइब्रिड इन्जिनको एक्टिभामा ०.५ किलोवाटको लिथियम आयन ब्याट्री दिइने सम्भावना छ। यसका साथै यस स्कुटरमा स्टार्टर मोटर जनरेटर पनि हुुनेछ। एक्टिभा हाइब्रिड इलेक्ट्रिक मोटरको मद्दतबाट १० देखि १५ किलोमिटरसम्म चल्ने दाबी गरिएको छ। इलेक्ट्रिक मोटरमा स्कुटर ४० किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्षम हुनेछ।
रिपोर्टका अनुसार होन्डा फुल इलेक्ट्रिक स्कुटर पनि सार्वजनिक गर्न सक्छ। भर्खरै होन्डाले बैंगलोर मेट्रो रेल कर्पोरेसन लिमिटेडसँगको सहकार्यमा ब्याट्री स्वापिङ सेवा शुरु गर्ने घोषणा गरेको थियो। होन्डा पावर प्याक एनर्जी इन्डिया प्रालि ब्याट्री स्वाप सेवा शुरु गर्ने ब्रान्डका सहायक कम्पनी हो। वर्तमानमा कम्पनी अटो रिक्साका लागि सेवा उपलब्ध गराउँदै आइरहेको छ। यस सेवाको उपयोग होन्डाको भविष्यको इलेक्ट्रिक दुई पांग्रे सवारीका लागि स्वापेएबल ब्याट्रीमा पनि गरिनेछ।
प्रकाशित: २६ पुष २०७९, मंगलवार