काठमाडौं ।
रास्पबेरी पाईले क्यामरा मोड्युल ३ मा विशेष सुधार सहित हाइयर रिजोलुसन, इन्फ्रारेड, एचडीआर, अटोफोकस, वाइड एंगल एफओभी लगायत अन्य थप फिचरहरु समावेश गरि लन्च गरेको छ। सन् २०२० मा सार्वजनिक गरिएको इन्टरचेन्जेबल लेन्स मोडललाई गन्ति नगरी भन्ने हो भने ६ वर्षमा रास्पबेरीले पहिलो नयाँ क्यामरा मोड्युल ल्याएको हो।
अघिल्लो मोड्युल २ क्यामराहरुमा सोनी आईएमएक्स २१९ को ८ मेगापिक्सेल सेन्सर प्रयोग गरिएको बताइएको छ। हालको नयाँ मोडलहरुमा सोनीको नयाँ १२ मेगापिक्सेल आईएमएक्स ७०८ चिप समावेश गरिएको छ।
सोनीको उक्त नयाँ चिप ठूलो मात्र नभएर धेरै रिजोलुसन पनि रहेको र त्यसले गर्दा सार्पर ईमेजेस ट्रान्सलेट हुनुका साथै राम्रो लो–लाइट सेन्सेटिभिटि पनि रहेको उल्लेख छ। त्यसैगरी १६ः९ एस्पेक्ट रेसियोले गर्दा चिपको सम्पूर्ण सेन्सर एरिया उपयोग गरी १०८० पीक्सेलसम्मको एचडी भिडियो क्याप्चर गर्न सकिने उल्लेख गरिएको छ।
पहिलेको मोड्युलमा फिक्स्ड अटोफोकस रहेको थियो भने हालको मोड्युल ३ मा बिल्ट–इन पावर्ड अटोफोकस क्यापाबिलिटि रहेको उल्लेख गरिएको छ। त्यसले गर्दा नयाँ मोड्युल (१२.४एमएम) पुरानो मोड्युल (९एमएम) को तुलनामा अलि बाक्लो रहेको छ। यद्यपी नयाँ मोड्युल बाक्लो भएतापनि निकै भर्सटायल रहेको र यसले ५सेमी (२ इन्च) देखि इन्फिनिटि सम्मको दूरीका विषय–वस्तुलाई फोकस गर्न सक्षम रहेको दाबी छ।
स्ट्याण्डर्ड फिल्ड–अफ–भ्यू (एफओभी) भेरिएण्टले लगभग २८ एमएम फुल फ्रेम लेन्स बराबरको ६६ डिग्रि सम्मको होरिजोन्टल फिल्ड–अफ–भ्यू प्रदान गर्ने बताइएको छ। साथै वाइड एंगल भर्सनले १४ एमएम फुल–फ्रेम लेन्स बराबरको १०२ डिग्रि सम्मको होरिजोन्टल फिल्ड–अफ–भ्यू प्रदान गर्ने बताइएको छ। अधिक महँगो र कम्प्लेक्स अप्टिकल स्ट्याकले गर्दा उक्त वाइड एंगल भर्सन अलि बाक्लो भएको रास्पबेरी पाईले बताएको इनग्याजेटले रिपोर्ट गरेको छ।
एचडीआर क्यापाबिलिटिले गर्दा भिन्न एक्सपोजर टाइम्ससँग धेरैओटा एक्सपोजरहरु एकै साथ लिन मिल्नेछ। यसले गर्दा दुवै भित्री र बाहिरी विवरणहरूमा करेक्ट एक्सपोजरका साथ भित्री शटहरू खिच्न सकिने छ।
स्ट्याण्डर्डका साथै वाइड एंगल मोडलहरु र दुबै इन भिजिबल लाइट र एनओआईआर इन्फ्रारेड भर्सनहरु गरी चारओटै मोड्युलहरु लन्चमा समावेश गरिएको छ।
नर्मल मोडलहरुको मूल्य २५ अमेरिकी डलर पर्ने र वाइड एंगल भर्सनलाई ३५ अमेरिकी डलर पर्ने बताइएको छ। साथै उक्त मोड्युलहरु रास्पबेरी पाईको स्टोरमा उपलब्ध भइरहेको उल्लेख छ।
प्रकाशित: २६ पुष २०७९, मंगलवार