मर्सिडिजले आफ्नै ईभी चार्जिङ नेटवर्क बनाउने

  • Technology Khabar | २६ पुष २०७९, मंगलवार
मर्सिडिजले आफ्नै ईभी चार्जिङ नेटवर्क बनाउने

काठमाडौं ।

मर्सिडिज बेन्जले आफ्नो वर्ल्डवाइड इलेक्ट्रिक भेहिकल चार्जिङ नेटवर्क बनाउने भएको छ। टेस्लासँग प्रतिस्पार्धा गर्न मर्सिडिजटले ईभी चार्जिङ नेटवर्क उत्तर अमेरिकाबाट शुरु गर्ने लसएन्जलस टाइम्सले उल्लेख गरेको छ।

जर्मनीको विलासी सवारी निर्माता सीईएसमा १ बिलियन अमेरिकी डलरभन्दा बढीको लागतमा उत्तर अमेरिकामा ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने बताएको हो।

६ देखि ७ वर्षमा पूरा हुने नेटवर्कमा २५०० भन्दा बढी उच्च पावर प्लगहरु सहित ४०० चार्जिङ स्टेशनहरु हुने कम्पनीले बताएको छ।

चार्जिङ नेटवर्क क्रमिक रुपमा चीन र युरोपमा पनि विस्तार गरिनेछ।

कम्पनीले दशकको अन्यसम्म पूर्ण नेटवर्क विस्तार गर्नेछ। चार्जिङ नेटवर्क विस्तार भएसँगै कम्पनीले बजारको माग अनुसारको ईभी बिक्री गर्ने योजनामा छ। पूर्ण नेटवर्कमा २ हजार चार्जिङ स्टेशन र १० हजार प्लग वर्ल्डवाइड हुने मर्सिडिज बेन्जका व्यवस्थापन बोर्डका अध्यक्ष ओला कालेनियसले पत्रकारहरुलाई भने।

मर्सिडिजको चार्जिङ नेटवर्क सबै ईभी धनीहरुका लागि खुल्ला हुनेछ। तर मर्सिडिज धनीहरुले रिजर्व चार्जिङ पोर्ट अतिरिक्त सुविधा पाउने कम्पनीले बताएको छ।

ईभी बजारको अग्रणी कम्पनी टेस्लासँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने यसले कम्पनीले विश्वास गरेको छ। कम्पनीको वेबसाइट अनुसार वर्ल्डवाइड ४० हजार चार्जिङ पोर्ट हुनेछ।

टेस्लाको नेटवर्क टेस्ला धनीहरुको लागि विशेष प्रयोगका लागि हो। यदपि सीईओ इलन मस्कले अन्य ब्रान्डका लागि पनि नेटवर्क खुल्ला गर्ने योजना भएको बताउँदै आएका छन्। यी नेटवर्कका कारण प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा टेस्लालाई अतिरिक्त लाभ प्राप्त भइरहेको छ।

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार