गुगल क्रोम विन्डोज पीसीमा नचल्ने

Technology Khabar २६ पुष २०७९, मंगलवार

काठमाडौं ।

गुगल क्रोमले विन्डोज ७ र विन्डोज ८/८.१ मा नचल्लने भएको छ। रिपोर्टका अनुसार गुगलले नयाँ अर्को अपडेट रोल आउट गर्देछ।

फेब्रअरी १० मा रोल आउट हुने क्रोम ११० विन्डोज १० र माथिका डिभाइसहरुमा अपरेटिंगका लागि उपलब्ध हुनेछ।

‘तपाईले आफ्नो डिभाइसमा विन्जोज वा पछिल्लो भर्सन रहेको छ भनी सुनिश्चित गर्न आवश्यक छ भविष्यको क्रोम रिलीजहरू प्राप्त गर्न,’ गुगलले भनेको दहिन्दुले उल्लेख गरेको छ।

‘यदि तपाई हाल विन्डोज ७ र विन्डोज ८/८.१ मा हुनुहुन्छ भने, तपाई लेटेस्ट सेक्युरिट अपडेट र क्रोम फिचर सुविधाहरू प्राप्त गर्न जारी राख्नुहुन्छ भनी सुनिश्चित गर्न हामी तपाईलाई समर्थित विन्डोज भर्सनमा जान प्रोत्साहन गर्छौं,’ गुगलले थप्यो।

माइक्रोसफ्टले जनवरी १० देखि विन्डोज ७ र विन्डोज ८/८.१ मा सेक्युरिटी अपडेट र प्राविधिक सहयोग बन्द गर्दैछ। साथै वेबभ्यू२ को सपोर्ट अपडेटहरु प्राप्त गर्न पनि रोकिनेछ।

गुगलले प्रयोगकर्ताहरुलाई विभिन्न डिभाइसमा मिडिया प्लेब्याक पुन शुरु गर्न नयाँ फिचरमा काम गरिरहेको छ। जसमा क्रस डिभाइस नोटिफिकेसन समावेश छन्।

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया