Technology Khabar २५ पुष २०७९, सोमबार
काठमाडौं ।
वनप्लसले नेपाली बजारमा १६ जीबी र्यामसहितको स्मार्टफोन ल्याउने भएको छ। वनप्लसको नेपालस्थित आधिकारिक रिटेलर स्मार्ट टक प्रालिले पुस २९ गतेदेखि वनप्लस १० टी(OnePlus 10T) बजारमा उपलब्ध गराउने भएको हो।
वनप्लस १० टी स्मार्टफोन क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटमा संचालन हुन्छ। फोनमा ६.७ इञ्चको ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा ओएलईडी डिस्प्ले राखिएको छ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिइएको छ। त्यसैगरी सेल्फीका लागि अण्डर डिस्प्ले १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ।
एन्ड्रोइड १२ मा आधारितअक्सिजन ओएस १२.१ मा संचालित हुने फोन पछि एन्ड्रोइड १३ मा अपग्रेड हुनेछ। जसले तीन ओटा मुख्य एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्नेछ ।
वनप्लस १० टीमा १५० वाटको फास्ट चार्जिङमार्फत फोनमा रहेको ४८०० एमएएच क्षमताको ब्याट्रीलाई १९ मिनेटमै फुल चार्ज गर्ने कम्पनीको दाबी छ।
१६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध हुने यो स्मार्टफोनको बजार मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको रिटेलरले जानकारी दिएको छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार