
काठमाडौं ।
मुम्बईमा आधारित लाइगर मोबिलिटीले इन्डियन अटो एक्स्पो २०२३मा आफ्नो सेल्फ ब्यालेन्सिङ इलेक्ट्रिक स्कुटर प्रस्तुत गर्ने भएको छ। ड्राइभस्पार्कका अनुसार कम्पनीले सन् २०१९ मा आफ्नो पहिलो सेल्फ ब्यालेन्सिङ इलेक्ट्रिक स्कुटरको जानकारी दिएको थियो।
रिपोर्टका अनुसार सेल्फ ब्यालेन्सिङ इलेक्ट्रिक स्कुटर उत्पादनका लागि पूर्ण रुपमा तयार छ। लाइगर मोबिलिटीको सेल्फ ब्यालेन्सिङ इलेक्ट्रिक स्कुटर रेट्रो स्टाइलिङमा मोडर्न फिचरमा आउनेछ। यो स्कुटर भेस्पाकै जस्तै डिजाइनमा आउनेछ।
स्कुटरको अघि यूनिक डिजाइनको एलईडी हेडल्याम्प र एलईडी डेटाइम रनिङ लाइट दिइएको छ। टर्न इन्डिकेर पनि एलईडी दिइएको छ।
यस सेल्फ ब्यालेन्सिङ इलेक्ट्रिक स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्कलस्सटर साथ फराकिलो आरामदायक सीट, ग्रैब रेल, एलईडी टेल लाइट र फ्रन्ट टेलीस्कोपिक फोर्क सस्पेन्सन दिइएको छ। यसमा म्याट ब्ल्याक फिनिसमा अलोय ह्वील्स दिइएको छ। ब्रेकिङका लागि फ्रन्टमा डिस्क र रियरमा ड्रम प्रयोग गरिएको छ।
स्ट्यान्ड बिना पार्क हुने
यो स्कुटरले आफै ब्यालेन्स बनाउन र पार्क गर्दा स्ट्यान्डको आवश्यकता पर्दैन। यस स्कुटरको राइडिङ सुरक्षित हुने लाइगरको दाबी छ। स्कुटरले आफै सन्तुलन बनाउने भएकाले पहिलो पटक स्कुटर सिक्न चाहने व्यक्तिका लागि लड्ने खतरा हुँदैन।
स्कुटरको सेल्फ ब्यालेन्सिङ प्रविधिको सहयोगबाट स्कुटरमा सवार बिना आफै ब्यालेन्स गर्न सक्छ। यो भनेको यदि तपाई स्कुटरबाट ओर्लिनु भयो र स्ट्यान्ट नलगाए पनि स्कुटर लड्ने छैन। स्कुटरलाई धकालियो भने न लड्ने भने हैन। यो प्रविधिले दुर्घटना कम गर्न सहयोग गर्ने र सडक दुर्घटनामा दुई पांग्रे चालकलाई सडकमा लड्नबाट बचाउन सकिन्छ।
यो स्कुटरमा एडभान्स भ्वाइस कमान्ड फिचर पनि दिइएको छ। भ्वाइस कमान्डबाट स्कुटरलाई पार्किङबाट निकाल्न सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले हालका लागि यस स्कुटरको सिमित जानकारी मात्र बाहिर ल्याएको छ। यो स्कुटर सन् २०२३ को तेस्रो क्वाटरको शुरुवातमा भारतमा सार्वजनिक हुन सक्छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार