पब्जीमा नेपाललाई ऐतिहासिक सफलता, पीएमजीसीमा डीआरएस उपविजेता

  • Technology Khabar | २५ पुष २०७९, सोमबार
पब्जीमा नेपाललाई ऐतिहासिक सफलता, पीएमजीसीमा डीआरएस उपविजेता

काठमाडौं ।

पब्जी प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)मा डीआरएस गेमिङ उपविजेता बन्दै नेपाललाई ऐतिहासिक सफलता प्रदान गरेको हो।

इन्डोनेसियाको राजधानी जकार्तामा शुक्रबार देखि आइतबारसम्म खेलिएको पीमजीसीको फाइनल चरणको १८ खेलबाट १५८ प्वाइन्ट प्राप्त गरेको छ। जसमा २ खेलमा चिकेन डिनर पनि रहेको थियो। डीआरएसले कुल ८८ प्लेसमेन्ट प्वाइन्ट र ७० इलिमिनेसन प्वान्ट छ।

अंक तालिकामा दोस्रो स्थानसँगै डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ।

पीएमजीसीको उपाधी भने टर्कीको एस२जी ईस्पोर्टस्ले जितेको छ।

एस२जीले डीआरएसलाई ३२ अंकले पछि पार्दै उपाधी चुमेको हो। उपाधीसँगै एस२जीले ५ लाख १० हजार अमेरिकी डलर प्राप्त गरेको छ।

पीएमजीसीको फाइनल चरणका लागि दुई नेपाली टिमको सहभागिता थियो।

अर्को नेपाली टिम टी२के ११२ प्वाइन्टसहित १३ औं भएको छ।

टी२केले १ लाख ३२ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ।

प्रकाशित: २५ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार