
काठमाडौं ।
बझाङको सदरमुकाम चैनपुर बजार क्षेत्रमा चोरी तथा आपराधिक घटना नियन्त्रण तथा निगरानीका लागि सीसीटीभी क्यामरा जडान गरिएको छ ।
जयपृथ्वी नगरपालिकाले बझाङ सदरमुकाम चैनपुर बजार क्षेत्रका विभिन्न ठाउँमा सीसी क्यामरा जडान गरेको छ ।
जयपृथ्वी नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीका अनुसार बजार क्षेत्रका विभिन्न ठाउँमा करिब पाँच लाखको लगानीमा १६ वटा क्यामरा जडान गरिएको छ ।
बजारमा जोडिएका क्यामराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ। गोरखापत्रबाट
प्रकाशित: २५ पुष २०७९, सोमबार