क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका वेबसाइट र एप बन्द गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | २४ पुष २०७९, आईतवार
क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका वेबसाइट र एप बन्द गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका वेबसाइट र एप बन्द गर्न सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ।

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भुर्चअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने हुने बारोबार हालका दिनमा बढ्दै गएको भन्दै प्राधिकरणले आइतबार यस्तो निर्देशन दिएको हो।

अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्ञजालका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्थ ागर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको हो।

प्राधिकरणबाट जारी गरिएको निर्देशन पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: २४ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार