काठमाडौं ।
टेक जायन्ट माइक्रोसफ्ट र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) भारतमा स्पेस टेक्नोलोजी स्टार्टअप इन्डियाको विकास र सुदृढीकरणको लागि एक समझदारी गरेका छन्। यी दुवै संस्थानहरूको उद्देश्य टेक्नोलोजी उपकरणहरू र प्लेटफर्महरूका साथ भारत स्पेस टेक स्टार्टअपहरूलाई बलियो बनाउनु हो। यसका साथसाथै उनीहरुलाई बजार सहयोग, मेन्टरसिप प्रदान गर्ने र उनीहरुलाई उद्यमशील बन्न मद्दत गर्ने भएका छन्।
यो साझेदारीले इसरोलाई भारतमा अन्तरिक्ष प्राविधिक आविष्कारकहरू र उद्यमीहरूको बजार सम्भावनाको उपयोग गर्न बलियो बनाउनेछ। यस सहकार्यका कारण, इसरोद्वारा पहिचान गरिएका स्पेस टेक स्टार्टअपहरूलाई ‘माइक्रोसफ्ट फर स्टार्टअप्स फाउण्डर्स हब’ प्लेटफर्ममा जोडिनेछ।
इसरोका अध्यक्ष डा.एस.सोमनाथले माइक्रोसफ्टसँगको सहकार्यबाट भारतीय स्पेस टेक स्टार्टअपहरूले एआई, मेसिन प्राप्त गर्ने बताए छन्।
यसैगरी माइक्रोसफ्ट इन्डियाका अध्यक्ष अनन्त महेश्वरीले भारतमा स्पेस टेक स्टार्टअपहरूले टेक्नोलोजीको शक्तिले देशको अन्तरिक्ष क्षमताहरू अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले टेक्नोलोजी उपकरणहरू, प्लेटफर्महरू र सल्लाहकारहरू मार्फत, अत्याधुनिक इन्नोभेसनलाई बढावा दिन र वैज्ञानिक आविष्कारलाई गति दिन अन्तरिक्ष प्राविधिक स्टार्टअपहरूलाई सशक्तिकरण गर्न गहिरो रूपमा प्रतिबद्ध भएको बताए।
प्रकाशित: २३ पुष २०७९, शनिबार