
काठमाडौं ।
मेटाको इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपका प्रयोगकर्ताहरुले देशमा इन्टरनेट बन्द भए पनि सेवा प्रयोग गर्न सक्ने भएका छन्। इन्टरनेट नभएको अवस्थामा ह्वाट्सएप प्रयोग गर्नका लागि कम्पनीले प्रोक्सी फिचर ल्याएको छ।
यस विषयको जानकारी ह्वाट्सएपले ट्विटरबाट दिएको हो। कम्पनीले ट्विटरमा स्क्रीनसट पोष्ट गर्दै यस फिचरको जानकारी दिएको छ।
इन्टरनेट नभएको अवस्थामा प्रोक्सी सर्भरमा ह्वाट्सएप जडान गरेर सेवा प्रयोग गर्न सकिन्छ।
के हो प्रोक्सी फिचर
ह्वाट्सएपमा सिधा कनेक्ट गर्न सम्भव नभएको अवस्थामा प्रोक्सी सर्भरको माध्यमबाट कनेक्ट गर्न सकिन्छ। प्रोक्सी उपयोग गर्दा ह्वाट्सएपको प्राइभेसी र सिक्योरिटी फिचरमा कुनै परिवर्तन आवश्यक छैन। कम्पनीले निजी म्यासेज र कल अहिले पनि एन्ड टु एन्ड एन्क्रिप्टेड दिइरहेको छ। यसको मतलब म्यासेज रिसिभर र पठाउने बिच मात्र रहन्छ।
प्रोक्सी कसरी कनेक्ट गर्ने
यसका लागि सबैभन्दा पहिलो इन्टरनेटको मद्दतबाट सोशल मिडिया वा सर्च इन्जिनमा प्रोक्सी बनाउन सकिने सोर्स खोज्नु पर्ने हुन्छ।
एन्ड्रोइडमा प्रोक्सी कसरी कनेक्ट गर्ने
सबैभन्दा पहिलो ह्वाट्सएप लेटेस्ट भर्सन अपडेट गर्ने
च्याट ट्याबको मोर अप्सनमा गएर सेटिङमा ट्याप गर्ने
फेरी स्टोरेज तथा डाटामा गएर प्रोक्सीमा ट्याप गर्ने
प्रोक्सी प्रयोग गर्ने
प्रोक्सी सेट गर्ने गर्ने र प्रोक्सीमा ठेगना दर्ता गर्ने
त्यसपछि सेभमा ट्याप गर्ने
कनेक्सन सफल भएपछि चेक मार्क देखिन्छ
प्रकाशित: २३ पुष २०७९, शनिबार