लेनोभोको ल्यापटपबाट प्रेरित भएको मोटोरोला थिंकफोन सार्वजनिक

  • Technology Khabar | २२ पुष २०७९, शुक्रबार

काठमाडौं ।

लेनोभो कम्पनीले मोटोरोला कम्पनीलाई खरिद गरेको ९ वर्षपछि कम्पनीले पहिलो को–ब्राण्डेड स्मार्टफोन बारमा ल्याएको छ। थिंकफोन नामक मोटोरोलाको उक्त नयाँ स्मार्टफोन थिंकप्याड ल्यापटप जस्तै देखिनुका साथै उक्त फोनमा ब्राण्डको सिग्नेचर रातो बटन पनि फिचर गरिएको छ।

उक्त नयाँ डिभाइस (सेक्युरिटीमा फोकस) सुरक्षमा बढि केन्द्रित भएको र थिंकप्याड इन्टिग्रेसनका फिचरअरु जस्तै सेयएर्ड किल्पबोर्ड र अटोमेटिक कनेक्सन ओभर वाई–फाईहरु डिभाइसमा समावेश गरिएको बताइएको छ।

रग्ड डिजाइनमा उपलब्ध हुने मोटोरोला थिंकफोनको फ्रेम एयरक्राफ्ट–ग्रेड एल्युमिनियमको भएको उल्लेख छ। साथै फोनको ब्याक प्यानल लाइटवेट अरामिड फाइबरले डिजाइन गरिएको छ। उक्त लाइटवेट अरामिड फाइबर स्टिल भन्दा बलियो हुने दाबी छ। त्यसैगरी डिभाइसको फ्रन्टमा गोरिल्ला ग्लास भिक्टस रहेको छ।

स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेट र २४००x१०८० पिक्सेल रिजोलुसन सहितको ६.६ ईन्चको ओएलईडी डिस्प्ले रहेको छ। स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटमा आधारित स्मार्टफोनमा ८जीबी/१२जीबीको र्यामका साथै स्टोरेज तर्फ १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको विकल्पहरु उपलब्ध हुनेछ।

फोटोग्राफी तर्फ लेनोभो थिंकफोनमा पीडीएएफ र ओईएस सहित ५० एमपी एफ/१.८ को मुख्य क्यामरा र म्याक्रो भर्जन सहित १३ एमपी एफ/२.२ अल्ट्रावाइड क्यामराहरु फिचर गरिएको छ। त्यसैगरी फ्रन्ट क्यामरा ३२ एमपीको अटोफोकस सहित सेल्फि क्यामरा उपलब्ध भएको बताइएको छ।

उक्त स्मार्टफोन पानी, अत्याधिक चिसो तापक्रम र भाईब्रेसनबाट प्रभावित नहुने उल्लेख गरिएको छ। त्यसैगरी फोनमा ६८ वाटको वायर चार्जिङ र १५ वाटको वायरलेस चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ। स्मार्टफोनको वायर्ड चार्जर बक्स प्याकमा सँगै समावेश गरिएको बताइएको छ।

उल्लेख गरिए जस्तै फोनमा समावेश गरिएका धेरै इन्टिग्रेटिङ फिचरहरुले गर्दा थिंकप्याड ल्यापटपहरुसँग सहज ढङ्गले इन्टरकनेक्ट गर्न सकिने बताइएको छ। थिंकफोनलाई थिंकप्याडसँग कनेक्ट गरी ड्र्याग एण्ड ड्रप मार्फत टेक्स्ट, फोटो र डकुमेन्टस्हरु जस्ता विभिन्न प्रकारका फाईलहरु ट्रान्सफर गर्न मिल्नेछ। साथै प्रयोगकर्ताहरुले नोटिफिकेसनहरु सेयर गर्न सक्ने, थिंकप्याडमा फोनलाई वेबक्यामको रुपमा उपयोग गर्न सक्ने र ल्यापटप स्क्रिनमा कुनै पनि एन्ड्रोइड एपहरु चलाउन सक्ने उल्लेख छ।

यस बाहेक स्मार्टफोनमा माईक्रोसफ्ट ३६५,आउटलुक र टिम्स एपहरु प्रि–लोडेड भएर आउने छन्। अमेरिका, युरोप, ल्याटिन अमेरिका, मिडल ईस्ट, अस्ट्रेलिया लगाएत एशियाका केहि देशहरुमा उक्त स्मार्टफोनलाई छिट्टै लन्च गरिने बताईएको भएपनि उक्त स्मार्टफोनको मूल्यको बारेमा भने घोषणा गरिएको छैन्।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया