काठमाडौं ।
सोनीले डिसएबल गेमरहरूका (शारीरिक रुपमा गेम खेल्न असहज महशुस गर्ने) लागि सीईएस २०२३ मा प्लेस्टेशन ५ कन्ट्रोलर सार्वजनिक गरेको छ। डिसएबल गेमरहरुका लागि प्लेस्टेशन ५ मा सोनीले पहुँच विशेषज्ञहरूसँग मिलेर काम गरेको छ।
प्रोजेक्ट लियोनार्डो विभिन्न बटनहरू, ट्रिगरहरू र स्टिकहरूको ‘उच्च कस्टमाइजएबल किट’ हो जसले खेलाडीहरूलाई उनीहरूको आवश्यकता अनुरूप सेट–अप तयार गर्ने अनुमति दिन्छ।
माइक्रोसफ्टको एडाप्टिभ कन्ट्रोलर सन् २०१८ मा जारी गरिएको, यसको यूके स्टोरमा ७४.९९ पाउण्ड स्ट्रलिङमा बिक्री हुन्छ। यद्यपि अतिरिक्त बटनहरू र जोइस्टिकहरू धेरै खर्च हुन सक्छन्।
तर प्रोजेक्ट लियोनार्डोको लागि हाल कुनै सार्वजनिक मिति वा मूल्य नतोकिएको बीबीसीले उल्लेख गरेको छ।
सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्टका एक अधिकारीले बीबीसी न्यूजलाई बताएअनुसार यसले गेमरहरूलाई ‘बढी सजिलै, अझ सहज र लामो समयसम्म खेल्न मद्दत गर्न ‘बक्स बाहिर’ काम गर्नेछ।
‘हामीलाई प्रोजेक्ट लियोनार्डोमा हार्डवेयर र सफ्टवेयर कस्टमाइजेसन विकल्पहरूको चौडाइ अद्वितीय छ र आज बजारमा कुनै पनि अन्य पहुँच नियन्त्रक भन्दा फरक छ,’ अधिकारीले भने।
‘प्रोजेक्ट लियोनार्डो हाम्रो टोलीको लागि एक साँजिकै जोशिलो परियोजना हो। हामीले प्लेस्टेशनमा २८ वर्षको डिजाइन विशेषज्ञताको आधारमा एउटा कन्ट्रोलर किट सिर्जना गरेका छौं जुन हामीलाई आशा छ कि धेरै शारिरिक रुपमा समस्या भएका खेलाडीहरूका लागि उपयोगी हुनेछ।’
यस परियोजनाका लागि धेरै परोपकारी संस्थाहरु अमेरिकाको एबलगेमर र यूकेजको स्पेसलइफेक्टलगायत छन्।
स्पेसलइफेक्टका संस्थापक तथा प्रमुख कार्यकारी मिक डोनेगनले भने, ‘धेरै मानिसहरूलाई गेमिङमा पहुँच उपलब्ध गराउन मद्दत गर्ने कन्ट्रोलरको प्रभाव देख्न पाउँदा साँच्चै उत्साहित छु।’
प्रकाशित: २२ पुष २०७९, शुक्रबार