गुगलले पिक्सेल फोल्डको डिस्प्ले गुणस्तर घटाउँदै, बृहत उत्पादन तेस्रो त्रैमासदेखि हुने

Technology Khabar २१ पुष २०७९, बिहीबार

काठमाडौं ।

गुगलले तेस्रो त्रैमासमा यसको फोल्डेबल फ्ल्यागशिपको लागि ठूलो मात्रामा उत्पादनहरू सुरु गर्ने योजना बनाएको छ। सामसङ डिस्प्लेले विशेष गरी जुलाई वा अगस्टमा फोल्डेबल डिस्प्ले बनाउन थाल्ने द इलेकको एउटा नयाँ रिपोर्टले सुझाव दिन्छ। गुगलको फोल्डेबल परियोजनाले पछिल्ला दुई वर्षहरूमा धेरै ढिलाइ भोगेको छ, त्यसैले यी योजनाहरू कडारुपमा तय गरिएका छैनन्।

डिस्प्लेको डाउनग्रेड भएको देखिन्छ। कोरियाली प्रकाशनले रिपोर्ट गरेअनुसार सामसङ डिस्प्लेले कभर डिस्प्लेको लागि ७.५७ इन्च फोल्डेबल प्यानल र ५.७८ इन्च प्यानल बनाउनेछ। गत महिनाका रेन्डरहरूले ७.६९ इन्च र ५.७९ इन्च डाइग्नल हुने उल्लेख गरेका थिए।

गुगलले पुरानो डिस्प्ले टेक प्रि-ग्यालेक्सी जेड फोल्ड ३ को लागि सेटल गरेको जानकारी हो। सन् २०२१ देखि जेड फोल्ड ३ ले पोलाराइजर लेयर छोड्यो, जसले डिस्प्लेलाई पातलो र हल्का बनायो र फोल्ड गर्न सजिलो बनायो।

गुगलको नयाँ फोल्डेबल फोनमा स्टाइलस नहुने संभावना रहेको बताईएको छ।

जबकि गुगल पिक्सेल फोल्ड सुरुमा चाहेको जस्तो शक्तिशाली र उन्नत नहुन सक्छ, यो कम्तिमा सस्तो हुन सक्ने नोभेम्बरको एक रिपोर्टले दावी गरेको छ। जसअनुसार यसको लागत १,८०० अमेरिकी डलर हाराहारी हुनेछ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया