सेल्सफोर्स इन्कले आफ्ना १० प्रतिशत कर्मचारी निकाल्ने

Technology Khabar २१ पुष २०७९, बिहीबार

काठमाडौं ।

आईटी कम्पनीले आर्थिक मन्दीसँग जुध्न अहिलेदेखि नै तयारी गर्नुपर्छ भन्ने महसुस गरेका छन्। यसका लागि उनीहरुले पहिला आफ्नो खर्च घटाउन लागेका छन्। कतिपय कम्पनीले आफ्ना कर्मचारीलाई कामको आधारमा बर्खास्त गरिरहेका छन् भने कतिपयले आफ्ना कर्मचारीलाई वर्क फ्रम होममा जान आदेश दिइरहेका छन्। यस पटक आईटी क्षेत्रको “सफ्टवेयर कम्पनी सेल्सफोर्स इन्कले आफ्ना १० प्रतिशत कर्मचारीलाई निकाल्ने भनेको छ।

कम्पनी योजना

मिडिया रिपोर्टका अनुसार, सेल्सफोर्स इंकले बुधबार आफ्ना १० प्रतिशत कर्मचारीहरूलाई हटाउने बताएको छ। यससँगै कम्पनीले आफ्ना केही कार्यालयहरू पनि बन्द गर्ने भएको छ। अब सेल्सफोर्स प्राविधिक कम्पनीहरूको सूचीमा सामेल भएको छ, जसले पछिल्लो समय आर्थिक मन्दीका कारण आफ्नो खर्च घटाउनका लागि कर्मचारी कटौतीको सहारा लिएका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पठाए पत्र

सेल्सफोर्सका सीईओ मार्क बेनिफले आफ्ना कर्मचारीहरूलाई पत्र पठाएको बताइएको छ। पत्रमा भनिएको छ, ‘परिस्थिति अझै चुनौतीपूर्ण छ र हाम्रा ग्राहकहरूले आफ्नो खर्चको निर्णय धेरै सावधानीपूर्वक लिइरहेका छन्।

उनले भने, ‘कोरोना महामारीको समयमा हाम्रो राजस्वमा तीव्र उछाल आएपछि हामीले धेरै मानिसलाई काममा राखेका थियौं, जसका कारण आर्थिक मन्दीको बीचमा हाम्रो लागत बढेको र यसको पूर्ण जिम्मेवारी म लिन्छु।

यस निर्णयको असरले बुधबार अर्थात जनवरी ४, २०२३ मा प्रारम्भिक व्यापारमा सेल्सफोर्सको शेयर लगभग २ प्रतिशतले उकालो लागेको थियो।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया