
काठमाडौं ।
जनरल मोटर्सले सेभरलेट भोल्ट ईभी र भोल्ट ईयूभीको मूल्य बढाएको छ।
भोल्ट ईभीको मूल्य ९०० अमेरिकी डलर र भोल्ट ईयूभीको मूल्य ६०० अमेरिकी डलरले बढाइएको इनसाईडईभीले उल्लेख गरेको छ।
योसँगै भोल्ट ईभीको मूल्य २६ हजार ५०० अमेरिकी डलर र भोल्ट ईयूभीको मूल्य २७ हजार ८०० अमेरिकी डलर पुगेको छ।
यी दुबै मोडलहरुमा ९९५ अमेरिकी डलर ढुवानी शुल्क लिने गरिन्छ। तर यो विगतमा पनि लागू थियो। यो पटक यसमा कुनै परिवर्तन गरिएको छैन।
जीएमको यो घोषणा दुबै ईभी मोडलको मूल्य ६ हजार अमेरिकी डलरले घटाएको ६ महिना पछि आएको हो। मूल्य कटौतीसँगै अमेरिकामा खरिद गर्न सकिने सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनेको थियो।
तर अहिले मूल्य वृद्धि हुँदा पनि यो अमेरिकामा उपलब्ध सस्तो ईभी नै हुनेछ। निशान लिफको शुरुवाती मूल्य २८ हजार ४० अमेरिकी डलर छ।
सस्तो मूल्य, उचित रेञ्ज, वायरलेस एपप्ल कारप्ले/एन्ड्रोइड अटोद्वारा सुसुजित चेभी भोल्ट ईभीमा प्रवेश गर्न चाहनेका लागि अझै पनि राम्रो विकल्प हुन सक्छ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार