प्लास्टिक फोहोरबाट तयार इन्धनबाट संचालन हुने कार आइपुग्यो, ३८० किलोमिटरको टप स्पीड !

  • Technology Khabar | २१ पुष २०७९, बिहीबार
प्लास्टिक फोहोरबाट तयार इन्धनबाट संचालन हुने कार आइपुग्यो, ३८० किलोमिटरको टप स्पीड !

काठमाडौं ।

महँगो पेट्रोल र डिजेलको जमानामा यस्तो कार तयार भएको छ जुन प्लाष्टिकको फोहोरबाट बनेको इन्धनमा चल्दछ। इटालियन अटोमोबाइल कम्पनी बर्टोनले प्लास्टिकको फोहोरबाट बनेको इन्धनबाट संचालन हुने नयाँ ‘हाइपरकार’ सार्वजनिक गरेको छ।

कारको नाम बर्टोन जीबी ११० (Bertone GB110) हो। यद्यपि, यो कार सबैका लागि हुनेछैन। कम्पनीले ३३ ओटा मात्र गाडीको सीमित संस्करण सार्वजनिक गरेको छ।

रिपोर्टका अनुसार, बर्टोनको स्थापना १९१२ मा इटालियन अटोमोबाइल डिजाइनर गिभान्नी बर्टोनद्वारा गरिएको थियो। तर कम्पनी सन् २०१४ मा टाटपल्टिएको थियो। सोही वर्षमा दुई भाइहरू मौरो र जीन-फ्राङ्क रिचीले – यस ब्रान्डको अधिकार प्राप्त गरे। उनीहरु दुबै मिलेर कम्पनीको पुनर्निर्माण गरिरहेका छन् र यो जीबी ११० बाट सुरु भयो।

बर्टोनले कारको मूल्य खुलाएको छैन। कम्पनीको ११०औँ वार्षिकोत्सवको अवसरमा यस कारको ३३ सीमित संस्करणको जानकारी दिइएको छ। यी नयाँ कारहरु सन् २०२४ मा डेलिभर गरिनेछ। बर्टोन जीबी ११० को डिजाइन मनमोहक छ। यसको डिजाइन गर्दा कम्पनीले ५० र ७० को दशकका आफ्ना गाडीहरूलाई ध्यानमा राखेर त्यस युगका नरम गोलाकार रेखाहरू र तीखो किनाराहरू समावेश गर्ने प्रयास गरेको थियो।

प्लाष्टिकको फोहोरबाट बनेको इन्धनमा चल्ने जीबी ११० पहिलो उच्च क्षमताको कार भएको कम्पनीको दाबी छ । यस इन्धनको पेटेन्ट सेलेक्ट फ्युलसँग छ र उक्त कम्पनीले यो इन्धन तयार गर्दछ। बर्टोन र सेलेक्ट फ्युलले जीबी ११० कारका लागि पनि साझेदारी गरेका छन्।

यसको इन्धन सबै प्रकारका यातायातमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यसको अर्थ यो ईन्धनले जीबी११० बाहेक अन्य कार र गाडीहरूलाई शक्ति दिन सक्छ।

जीबी ११० सुविधाहरुको कुरा गगर्दा यो जीबी ११० गाडी सात-स्पीड गियरबक्समा जोडिएको छ र २.७९ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ।

यसको उच्च गति प्रति घण्टा ३८० किलोमिटर पुग्न सक्छ। कम्पनीले ३३ युनिट मात्र उत्पादन गरिरहेको छ । यो कार किन्न चाहनेले कम्पनीको वेबसाइटमा साइन अप गर्नुपर्नेछ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...