मोटोरोला थिंकफोनको फोटो सार्वजनिक

  • Technology Khabar | २१ पुष २०७९, बिहीबार
मोटोरोला थिंकफोनको फोटो सार्वजनिक

काठमाडौं ।

पछिल्ला केहि महिनाहरुमा निकै चर्चा रहेको मोटोरोलाको थिंकफोनको फोटो सार्वजनिक भएको छ। मोटोरोलाको मुख्य कम्पनी लेनोभोले उक्त स्मार्टफोनको फोटो सामाजिक सञ्जाल ट्विटरमा बिज्नेस–ग्रेड अपग्रेड क्यापसन लेखेर पोष्ट गरेको छ।

मोटोरोलाले आधिकारीक रुपमा सेयर गरेको फोटोबाट थिंकफोनको डिजाईनको झलकहरु देख्न सकिन्छ। फोनको ब्याक प्यानल फाइबर डिजाइनमा रहेको र फोनको पछाडिको दाहिने भागको तल्लो कुनामा थिंकफोन बाई मोटोरोला लेखिएको उल्लेख गरिएको छ। त्यसैगरी थिंकफोनमा एल्युमिनियम फ्रेम रहेको र फ्रेमको देब्रे भागमा रातो रङ्गको बटन पनि रहेको छ।

मोटोरोलाले सेयर गरेको थिंकफोनको फोटोमा अगाडिको भाग नदेखिएको भएतापनि पहिले लिक भएका रेण्डर्समा उक्त फोनको बिस्तृत तस्वीरहरु सार्वजनिक भएको बताइएको छ।

हालसम्म मोटोरोलाले थिंकफोनको विवरण्हरुको बरेमा केहि पनि सार्वजनिक नगरेको उल्लेख गरिएतापनि उक्त फोन २०२३ को जनवरी ५ मा आयोजना हुन लागेको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा अनावरण गरिने बताइएको छ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...