
काठमाडौं ।
भारतको पुरानो र ठूलो इलेक्ट्रिक सवारी निर्माता हिरोले आफ्नो इलेक्ट्रिक दुई पांग्रेको बिक्री तथ्यांक सार्वजनिक गरेको छ। कम्पनी सन् २०२२ मा १ लाख १२३ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गर्न सफल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
भारतमा बढ्दो इलेक्ट्रिक सवारीको मागबाट कम्पनी लाभाम्वित भएको देखिन्छ।
हिरो इलेक्ट्रिकको उत्पादन पोर्टफोलियामा सात इलेक्ट्रिक स्कुटर छ।
जसमा हाई स्पीड फोटोन एलपी, ओप्टिम सीएक्स, एनवाईएक्स एचएस५०० ईआर र तीन सिटी रनआउट, लो स्पीड एनवाईएक्स ई५, एट्रिया एलएक्स र एडी रहेको छ।
कम्पनीले आगामी ५ वर्षमा ५० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका कम्पनीले उत्पादन क्षमता वृद्धि, डिलरशिप विस्ता र प्रशिक्षण (निजी ग्यारेज मालिक)मा लगानी जारी गर्नेछ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार