दूरसञ्चार सेवा निर्वाधरुपमा प्रवाह हुन सक्ने वातावरण सृजना गर्न गृह मन्त्रालयको आदेश

  • Technology Khabar | २१ पुष २०७९, बिहीबार
दूरसञ्चार सेवा निर्वाधरुपमा प्रवाह हुन सक्ने वातावरण सृजना गर्न गृह मन्त्रालयको आदेश

काठमाडौं ।

तार काटेर इन्टरनेट सेवा अवरुद्ध भएको विषयलाई गंभिररुपमा लिँदै गृह मन्त्रालयले दूरसञ्चार सेवाको सुरक्षा प्रदान गर्न भनेको छ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले मातहतका निकायहरुलाई पठाएको पत्रको आधारमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नेपाल प्रहरीलाई मन्त्रालयले निर्देशन दिएको हो।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित गृह र उर्जा मन्त्रालयलाई समेत उपयुक्त कदम चाल्न अनुरोधसहितको पत्र पठाएको थियो। जसमा नेपाल विद्युत प्राधिकरणले हचुवाको भरमा इन्टरनेट सेवाको तार काटिदिने र अत्यावश्यक सेवाअन्तरगतर रहेको दूरसञ्चार सेवामा अवरोध आएकोमा चिन्ता व्यक्त गरेको थियो । पत्रमा दूरसञ्चार प्राधिकरणले मानवअधिकार अन्तरगत पर्ने इन्टरनेट सेवाको पहुँचलाई रोक्न खोजिएको उल्लेख थियो।

सोही पत्रको आधारमा गृह मन्त्रालयले हालै प्रहरीलाई आवश्यक सुरक्षा प्रदान गर्ने कार्यका लागि निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालय, नक्साललाई आदेश दिँदै गृह मन्त्रालयले दूरसञ्चार सेवा अवरुद्ध हुन नदिने सम्बन्धमा समस्या समाधान गरी निर्वाध रुपमा सेवा प्रवाह हुन सक्ने वातावरण सृजना गर्न भनेको हो।

जसअनुसार प्रहरीले इन्टरनेट सेवा अवरुद्ध नहुने व्यवस्थाका लागि आवश्यक कारबाही गर्न सक्नेछ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...