भारतमा वारविजार्ड दुई पांग्रे ईभीको बिक्री दुई गुणाले बढ्यो

  • Technology Khabar | २० पुष २०७९, बुधबार
भारतमा वारविजार्ड दुई पांग्रे ईभीको बिक्री दुई गुणाले बढ्यो

काठमाडौं ।

भारतमा इलेक्ट्रिक स्कुटर र स्कुटर बिक्री गर्ने कम्पनी वारविजार्ड बान्डले आफ्नो दुई पांग्रेको बिक्री तथ्यांक सार्वजनिक गरेको छ। वारविजार्डले जोय ई मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।

कम्पनीले २०२२ मा इलेक्ट्रिक दुई पांग्रेको बिक्रीमा १३१.६ प्रतिशत वृद्धि हासिल गरेको छ।

कम्पनीले गत वर्ष ४३ हजार ९१४ यूनिट इल्ेक्ट्रिक दुई पांग्रे बिक्री गर्न सफल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यो बिक्री सन् २०२१ को तुलनामा दुई गुणा बढी हो। कम्पनीले २०२१ मा १८ हजार ९६३ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेको थियो।

कम्पनीले २०२१ को डिसेम्बरको तुलनामा २०२२ डिसेम्बरमा बिक्री ३८.८९ प्रतिशतले बढेको छ। २०२१ को डिसेम्बरमा कम्पनीले ३ हजार ८६० यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेकोमा २०२२ डिसेम्बरमा ५ हजार ४०० यूनिट बिक्री भएको छ।

ईभी निर्माताका अनुसार २०२२ कम्पनीका लागि फलदायक देखिएको छ। उक्त वर्ष कम्पनी नयाँ सेगमेन्टमा प्रवेश गर्नुका साथै पहुँच विस्तार सफल भएको छ।

वारविजार्ड इनोभेसन एन्ड भोबिलिटीका अध्यक्ष एवं प्रबन्ध निर्देशक यतिन गुत्तेले भने, ‘हाम्रो मजबूत उत्पादन पोर्टफोलियो र अत्याधुनिक प्रविधिले खरिदकर्ताको आकांक्षालाई सफलतापूर्वक पूरा गरेको छ। पछिल्लो वर्षको तुलनामा २०२२ मा तीन अंकको वृद्धि भएको छ। आफ्नो ग्राककका लागि र अधिक उत्साह ल्याउने र हाम्रो उत्पादन पोर्टफोलियो विस्तार गर्ने योजनामा कम्पनी सफल भएको छ। कम्पनी उद्योगका समग्र विकासका लागि भारतमा पहिलो ईभी क्लस्टर विकसित गर्नुका साथै सन् २०२३ मा नयाँ मोडल पेश गर्न तयार छ।’

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार