
काठमाडौं ।
इलेक्ट्रीक भेहिकल डेलिभरी अन्तर्गत टेस्लाले चौथो क्वाटरमा उत्पादन र डेलिभरीमा किर्तिमान कायम गरेको सोमबार एक रिपोर्टमा उल्लेख गरिएको छ।
यद्यपी बढ्दो ब्याजदर र मन्दीको डरको बिचमा लजिस्टिक समस्याहरु र मागमा आएको सुस्तता जस्ता कारणहरुले गर्दा टेस्लाले वाल स्ट्रीटको अनुमानित लक्ष्य भेटन नसकेको थप उल्लेख गरिएको छ।
विश्वकै सबैभन्दा मूल्यवान मानिएको अटोमेकरले वर्षको पछिल्लो तीन महिनामा ४०५,२७८ यूनिट ईभीहरु डेलिभरी गरेको बताइएको छ। वाल स्ट्रीटले अनुमान गरेको ४३१,११७ यूनिटको भेहिकल डेलिभरीमा टेस्लाले २५,८३९ यूनिट कम भेहिकल डेलिभरी गरेको रिफिनिटिव डाटाले बताएको उल्लेख गरिएको छ।
कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ३०८,६०० भेहिकलहरु डेलिभर गरेको थियो भनी बताइएको छ।
टेस्लाले मोडल ३ (कम्प्याक्ट सेडान) र मोडल वाईका (एसयूभी) ३०८,६०० यूनिटका साथै लक्जरी मोडल अन्तर्गतका मोडल एक्स र मोडल एसका १७,१४७ यूनिट गरी कुल ४०५,२७८ भेहिकल्सहरु डेलिभर्ड गरेको छ।
चौथो क्वाटरमा कम्पनीले कुल ४,३९,७०१ यूनिट भेहिकल निर्माण गरेको बताइएको छ।
त्यसैगरी टेस्लाले सांघाई स्थित आफ्नो प्लान्टमा आगामी जनवरी देखि उत्पादन कटौती तालिका कार्यान्वयन गर्न लागेको योजनामा रहेको रोयटर्सले बताएको छ।
फोर्ड मोटर कम्पनी, जेनरल मोटर्स, रिभियन अटोमोटिभ र लुसिड ग्रुप लगायत अटोमेकर्सहरुबाट कडा प्रतिस्पर्धाका कारण टेस्लाको उत्पादनमा मन्दी आउने चिन्ताहरु सिर्जना भएको उल्लेख गरिएको छ।
प्रकाशित: २० पुष २०७९, बुधबार