
काठमाडौं ।
एप्पल वाच अल्ट्रामा एप्पल वाचमध्येको सबैभन्दा ठूलो स्क्रिन दिइएको छ। हङकङको लगानी फर्म हाइटोङ इन्टरनेशनल सेक्युरिटीजको नयाँ रिपोर्ट अनुसार एप्पल वाच अल्ट्राको उत्तराधिकारीमा अझ ठूलो प्लान हुने बताएको छ।
विश्लेषक जेफ पुका अनुसार एप्पलले २०२४ मा एप्पल वाच अल्ट्रालई २.१ इन्चको माइक्रो एलईडी डिस्प्लेका उपलब्ध गराउनेछ।
नयाँ डिस्प्ले टेकले हालको एप्पल वाच र यसको ओएलईडी स्क्रीन भन्दा उच्च ब्राइटनेस प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
साथै एप्पलले नयाँ कम मूल्यका वायरलेस इयरबड्स एयरपोड लाइट सार्वजनिक गरेको पनि पुले जानकारी दिए। मूल्य र यसको फिचरको बारेमा थप जानकारी भने तत्कालका लागि उपलब्ध छैन।
प्रकाशित: २० पुष २०७९, बुधबार