यातायातको कामलाई थप डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने

  • Technology Khabar | १९ पुष २०७९, मंगलवार
यातायातको कामलाई थप डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने

काठमाडौं ।

उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गरेका छन्।

निरीक्षणको क्रममा कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो र छरितो रूपमा सेवा दिन निर्देशन दिएका थिए।

सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरेको समस्याको समाधानका लागि मन्त्री श्रेष्ठले पहल थालेका हुन्।

उनले कार्यालय निरीक्षण गरेपछि चाँडै कार्यालयको कामकारबाहीलाई डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने बताए।

उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिए।

मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिए।

प्रकाशित: १९ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार