प्रधानमन्त्री प्रचण्डले भने: राष्ट्रिय परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर छैन्

  • Technology Khabar | १९ पुष २०७९, मंगलवार
प्रधानमन्त्री प्रचण्डले भने: राष्ट्रिय परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर छैन्

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय परिचयपत्र किन आवश्यक भएको हो भन्ने विषय नै आफूले नबुझेको बताएका छन्।

प्रधानमन्त्री दाहालले आज मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिँदै राष्ट्रिय परिचयपत्र लिन पनि सास्ती खेपेको बताएका हुन्।

उनले राहदानीका लागि बिहानैदेखि लाम लाग्नुपर्ने अवस्था भएको भन्दै राष्ट्रिय परिचय पत्र लिने सास्ती समेत उत्तिकै भएको बताए। उनले उक्त परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर समेत नभएको उल्लेख गरे

प्रधानमन्त्री प्रचण्डले भने, “अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौँ लाग्छ। सवारी चालक अनुमति पत्र लिन पनि वर्षौँ कुर्नुपर्ने अवस्था छ। यसतर्फ तत्काल ध्यान दिनुस्।”

यसका साथै शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न प्रधानमन्त्रीले निर्देशन दिए।

उनले सार्वजनिक सेवा प्रवाह जहिले पनि समस्याग्रस्त हुने कुरा उल्लेख गर्दै उनले समस्याको मूल जरो पत्ता लगाउन निर्देशन दिए।

प्रकाशित: १९ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...