व्यक्तिगत मोबाइल ल्याउँदा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • Technology Khabar | १९ पुष २०७९, मंगलवार
व्यक्तिगत मोबाइल ल्याउँदा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएको भएपनि सो समस्या समाधान हुन सकेको थिएन्।

प्रधानमन्त्रीले निर्देशन दिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो।

प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनकाअनुसार अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिईएको छ।

सरकारले वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किँदा दुई ओटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न खोज्दा समेत प्रधानमन्त्री तत्कालका लागि उक्त सिस्टम लागू नगर्न आदेश दिएका थिए भने मोबाइल ल्याउनका लागि सहजीकरण गर्न भनेका थिए।

प्रधानमन्त्रीको निर्देशन भएपनि भन्सार नियम संसोधन नहुँदा भन्सारले अतिरिक्त मोबाइलमा भन्सार तिराउने र अर्को थप ल्याएमा जफत गर्दै आएको छ।

प्रकाशित: १९ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार