सामसङ ग्यालेक्सी एस २३ को बेस स्टोरेज २५६ जीबी हुने

  • Technology Khabar | १९ पुष २०७९, मंगलवार
सामसङ ग्यालेक्सी एस २३ को बेस स्टोरेज २५६ जीबी हुने

काठमाडौं ।

सामसङले कम्तिमा २५६ जीबी स्टोरेज सहित ग्यालेक्सी एस २३ स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ। १२८ जीबीको अप्सन अब नरहेको हुनाले ग्यालेक्सी एस २३ अल्ट्राको ८ जीबी र्याम भर्जनको सट्टा १२ जीबी हुने अहमद क्वाइदरले ट्विटरमा पोष्ट गरेका छन्।

त्यसैगरी लिक्स्टरले एस २३ र एस २३ प्लस को लागि एउटा मात्र स्टोरेज अप्सन भएको पोष्टमा बताएपनि अल्ट्राको तीन भर्जनहरु रहेको र उक्त सूची भेरियन्टहरुको पूर्ण सूची हो वा केवल हाई एण्ड फोनहरु मात्र समवेश गरी सूचीबद्ध गरिएको हो भन्ने प्रश्न उठाएको छ।

ग्यालेक्सी एस २२ र ग्यालेक्सी एस २२ प्लस फोनहरुमा ८/१२८ जीबीमा उपलब्ध हुने बताइ पनि ग्यालेक्सी एस २३ र ग्यालेक्सी एस २३ प्लस फोनहरु ८ जीबी २५६जीबी को बेस भेरियन्टमा उपलब्ध हुने बताइएको छ। त्यसैगरी र ग्यालेक्सी एस २३ अल्ट्रामा १२/२५६ जीबी, १२/५१२जीबी र १२जीबी र १जीबी गरी तीन ओटा विकल्प रहने उल्लेख गरिएको छ।

२०२२ अन्तर्गतका फ्ल्यागसिपमा यूएफएस ३.१ सलुशनका स्टोरेज चिप्सहरु रहेको र आगामी ग्यालेक्सी एस २३ सिरिजहरुमा भने यूएफएस ४.० समावेश गरिने बताइएको छ। यूएफएस ३.१ को तुलनामा यूएफएस ४.० को दुई गुणा छिटो रिड स्पिड र १.६ छिटो सिक्वेन्सीयल राइट स्पिड रहको उल्लेख गरिएको छ। त्यसैगरी पावर इफिसेन्सीमा ४६ प्रतिशतले सुधार गरिएको भनी थप बताइएको छ।

प्रकाशित: १९ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...