काठमाडौं ।
महिन्द्रा एण्ड महिन्द्राले गत सेप्टेम्बरमा महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभी प्रस्तुत गरेको छ। गत महिनादेखि कम्पनीले आफ्नो नयाँ ईभीको टेस्ट ड्राइभ शुरु गरिरहेको छ।
उक्त कार्यक्रममा महिन्द्राले एक्यूभी ४०० इलेक्ट्रिक एसयूभी जनवरीमा सार्वजनिक गर्ने घोषणा गरेको डीएनएइन्डियाले उल्लेख गरेको छ। अबको केहि दिना अटो एक्स्पो २०२३ शुरु हुँदैछ। यस्तामा महिन्द्राको नयाँ एक्सयूभी ४०० इलेक्ट्रिक अटो एक्स्पोमा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।
यो महिन्द्राको पहिलो फुल अल इलेक्ट्रिक एसयूभी हुनेछ। जसमा साटिन कपर फिनिससहितको ट्विन पीक्स लोगो छ। यो लोगोले ईभीलाई एक विशिष्ट सडक उपस्थिति दिन्छ।
रिपोर्ट अनुसार महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक तीन भेरियन्ट, बेस, ईपी र ईएलमा आउनेछ। भारतीय बजारमा महिन्द्रा इलेक्ट्रिक एसयूभीको प्रतिस्पर्धा टाटा नेक्सन ईभीसँग हुनेछ।
कारण चरणबद्ध रुपमा भारतका विभिन्न शहरमा उपलब्ध गराइने छ। पहिलो चरणमा मुम्बई, हैदरबाद, डिल्ली, बैंगलुर, कलकत्ता, चेन्नाई, पुणे, अहमदबाद, गोवा, जयपुर, सुरत, नागपुर, त्रिवेन्द्रम, नासिक, चन्डीगढ, कोच्चिमा उपलब्ध हुनेछ।
महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक ३९.४ किलोवाट ब्याट्री प्याकसँग जोडिएको शक्तिशाली मोटरद्वारा सञ्चालित हुन्छ। ईभीले ३१० एनएन टर्क उत्पादन गर्छ र ८.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ। ईभीको उच्च गति १६० किलोमिटर प्रति घण्टा छ।
महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभीले फुल चार्जमा ४५६ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार