
काठमाडौं ।
भारतीय इलेक्ट्रिक सवारी उत्पादक कम्पनी ओला इलेक्ट्रिकले सन् २०२२ मा साढे १ लाख यूनिट ओला इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले सन् २०२२ मा साढे १ लाख इलेक्ट्रिक स्कुटर बिक्री गरेको दाबी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
डिसेम्बरमा कम्मपनीले १७ हजार २७९ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। ओलाले २०२३ को अन्त्यमा आफ्नो गीगाफ्याक्ट्रीमा लिथियम आयन ब्याट्री निर्माण शुरु गर्नेछ। साथै कम्पनीले भर्खरै प्रिमियम र बजेट रेञ्जका इलेक्ट्रिक मोटरसाइकल र कारको उत्पादन शुरु गर्ने योजना जानकारी दिएको छ। यी सवारी कम्पनीले २०२३ देखि २०२६ को बिचमा ल्याउने घोषणा गरेको छ।
ओलाले हाल ती इलेक्ट्रिक स्कुटर ओला एसवान, एसवान प्रो र एसवान एयर बिक्री गर्दै आइरहेको छ। ओलाले जनवरी २०२३ देखि एसवान एयर डेलिभरी शुरु गर्नेछ। यो कम्पनीको किफायती स्कुटर छ। ओला एसवान एयरको मूल्य ८४ हजार ९९९ भारु (एक्स शोरुम) देखि शुरु हुनेछ। २०२४ मा कम्पनीले बजेट र प्रिमियम सेगमेन्टमा एक÷एक मोटरसाइकल सार्वजनिक गर्ने योजना बनाएको छ। यसमा क्रूजर, स्पोट्र्स वा कम्प्युटिर मोटरसाइकल हुनेछ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार