
काठमाडौं ।
टोयोटा मोटर्सको भारतीय व्यवसायमा डाटा ब्रिचमार्फत ग्रहाकहरुको व्यक्तिगत विवरणहरु बाहिरीएको हुन सक्ने बताइएको छ।
भारतमा टोयोटाको भारतीय समूह किर्लोस्करसँगको संयुक्त उद्यम ९जेभी० टोयोटा किर्लोस्कर मोटरको डाटा ब्रिच भएको बारेमा टोयोटा इण्डियाले सम्बन्धित भारतीय अधिकारहिरुलाई जानकारी गराईसकेको उल्लेख गरिएको छ।
टीकेएमका केहि ग्रहाकहरुको व्यक्तिगत विवरणहरु ईन्टरनेटमार्फत खुलाइएको हुन सक्ने भनी उक्त विषयको बारेमा टोयोटा किर्लोस्कर मोटर ९टीकेएम० लाई उसैको एक सेवा प्रदाएकले जानकारी गराएको छ। टीकेएमले उक्त डाटा ब्रिचको कारण प्रभावित भएका ग्राहकका संख्या भने खुलाइएको छैन।
टोयोटा मोटर्सको टी–कनेक्ट सर्भिससँग कुनै पनि सम्बन्ध नभएको एक मुद्दाले सम्भावित रुपमा लगभग २९६,००० ग्राहकहरुको विवरण लीक गरेको भनी गत अक्टोबरमा बताइएको भनेर उल्लेख गरिएको छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार