
काठमाडौं ।
नासाको आर्टेमिस वान ओरियन नामक अन्तरिक्ष यानले १.४ मिलियन माइलको यात्रा सफलतापूर्वक तय गरी केनेडी स्पेस सेन्टरमा आइपुगेको छ। उक्त अन्तरिक्ष यानको ‘होम कमिङ्ग’ गत डिसेम्बर ३१ मा सम्पन्न भएको इनग्याजेडले उल्लेख गरेको छ।
गत डिसेम्बर ११ मा आर्टेमिस वानले प्रशान्त महासागरमा प्यारासुटमार्फत सफल अवतरण गरेको थियो। यूएसएस पोर्टल्याण्डले उक्त अन–नेम्ड क्य्रू भेहिकल फेला पारेर डिसेम्बर १३ मा स्यान डिएगो नाभाल बेसमा ल्याईपुर्याईएको र त्यसको भोलिपल्ट उक्त क्याप्सुललाई फ्लोरिडा पुर्याइएको थियो।

गत नोभेम्बर १६ मा आर्टेमिस वानले उक्त रेकर्ड ब्रेकिङ यात्राको थालनी गरेको थियो। नासाको नेक्स्ट–जेनेरेसन स्पेस लन्च सिस्टम अन्तर्गतको हेभी–लिफ्ट रकेट प्रणालीले उक्त अन्तरिक्ष यानको अविस्मरणीय रात्रीकालीन प्रक्षेपण गरिएको थियो।
केनेडी स्पेस सेन्टरमा उक्त आर्टेमिस वान ओरियन अन्तरिक्ष यानको वृहत विश्लेषणको लागि नासाले हिट सिल्ड हटाउने भएको उल्लेख गरिएको छ। वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा उक्त यानको हिट सिल्डले कसरी काम गर्यो भनेर थप पत्ता लगाउनको लागि हिट सिल्ड हटाउन लागिएको उल्लेख गरिएको छ। साथै एजेन्सिले ओरियनबाट मूनिकिन क्यामपोस पनि हटाउने भनी बताइएको छ। नासाले चन्द्रमाको यात्राले मानिसलाई कसरी असर गर्न सक्छ भन्ने तथ्याङ्क सङ्कलन गर्नका लागि मूनिकिन क्यामपोस नामक परीक्षण डमी ओरियनसँगै पठाएको थियो।
नासाको लुनार एक्सप्लोरेसन प्रयासको क्रममा आर्टेमिस वान ले एकदमै महत्वपूर्ण कदम चाल्न सफल भएको दाबी गरिएको छ।। त्यसैगरी आर्टेमिस वानको महत्वपूर्ण कदमले गर्दा स्पेस लन्च सिस्टम रकेट र ओरियनको अर्को मिशन अन्तर्गत आर्टेमिस २ र चालक दललाई चन्द्रमाको परिक्रमा गर्न थप मद्दत पुग्ने उल्लेख गरिएको छ।
यद्यपि आर्टेमिस २ को प्रक्षेपण निधो भईनसकेको अवस्थामा नासाले भने उक्त मिशनको लागि २०२३ को शुरुवतमा चार सदस्य सहितको दल घोषणा गर्ने वाचा गरेको छ।
सन् १९७२ मा अपोलो पछि आर्टेमिस २ ले मानव सहित चन्द्रमा अवतरण गर्न लागेको र त्यसपश्चात नासाको चन्द्रमामा स्थायी रुपमा उपस्थिति हुनेछ भनी नासाले थप उल्लेख छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार