काठमाडौं ।
एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
स्क्रुले उक्त बैंकको एटीएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: १८ पुष २०७९, सोमबार