ट्रम्पको फेसबुकमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने योजनामा मेटा

  • Technology Khabar | १८ पुष २०७९, सोमबार
ट्रम्पको फेसबुकमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने योजनामा मेटा

काठमाडौं ।

फेसबुकको मुख्य कम्पनी मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबन्ध फुकाएर पुनः फर्कन अनुमति दिने वा नदिने भनेर घोषणा गर्ने तयारी गरिरहेको फाइनान्सियल टाइम्सले आइतबार एक रिपोर्टमा उल्लेख गरेको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिएर उक्त विषयको बारेमा जनवरी ७ मा फैसला गरिने भनि पहिला पनि बताइएको उल्लेख गरिएको छ। तर अब उक्त निर्णयको बारेमा यस महिनाको अन्त्यमा घोषणा गरिने अपेक्षा गरिएको यस विषयमा जानकार एक व्यक्तिलाई उद्रधृत गर्दै पत्रिकाले उल्लेख गरेको छ।

मेटाले यस विषयमा केन्द्रित भएर कार्य गर्नको लागि एक कार्यदल गठन गरेको बताइएको छ। उक्त कार्यदलको समुहमा सार्वजनिक नीति र संञ्चार टोलीका साथै कन्टेन्ट पोलिसका कर्मचारीहरु समावेश गरिएको रिपोर्टमा बताइएको छ।

मेटाले उक्त विषयमा कुनै पनि प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

ट्विटरका सीईओ इलन मस्कले गत वर्षको नोभेम्बरमा ट्रम्पमाथि लगाइएको सोसल मिडिया प्ल्याटफर्महरुको स्थायी प्रतिबन्ध खारेज गर्ने भनेतापनि ट्रम्पले आफूलाई ट्वीटरमा फर्किने कुनै इच्छा नभएको बताएका थिए।

जुइश कोएलीशन वार्षिक नेतृत्वको बैठकको प्यानलमा ट्विटरमा फर्किने कुनै योजनाको बारे सोधिएको प्रश्नमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियाकोे मार्फत आफूले यसमा केहि कारण नदेखेको बताएका थिए भनी उल्लेख गरिएको छ।

सन् २०२० को चुनावमा पराजय भोगे पश्चात ट्रम्पले अमेरिकी अखण्डतामाथी निरन्तर प्रहार गर्दै आएको र २०२४ मा सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वीहरुलाई रोक्ने लक्ष्य राख्दै आफू पुनः राष्ट्रपति हुने अपेक्षा राखेको उल्लेख गरिएको छ।

प्रकाशित: १८ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार