मोटोरोला थिंकफोनको स्पेसिफिकेशन सार्वजनिक

  • Technology Khabar | १७ पुष २०७९, आईतवार

काठमाडौं ।

मोटोरोलाले थिंकफोन सिरिज अन्तर्गतको स्मार्टफोन अनावरण गर्ने तयारीमा रहेको एक रिपोर्टमा बताइएको छ। मोटोरोलाको प्यारेण्ट कम्पनी लेनोभोसँग थिंकप्याड सिरिज अन्तर्गतका ल्यापटपहरु रहेका छन्। उक्त ल्यापटपहरु विशेष गरि व्यापार केन्द्रित प्रयोगकर्ताहरुलाई लक्षित गरि निर्माण गरिएको बताइएको छ।

चीनको थ्रीसी सर्टिफिकेशन वेबसाईटबाट थिंकफोन पास थ्रू भइसकेको बताइएको छ। त्यसैगरी यस महिनाको शुरुवातमा थिंकफोनको डिजाइन र स्पेसिफिकेशनहरुको बारेमा विवरणहरु सार्वजनिक गरिएको बताइएको छ।

हालै, स्नुपी टेकले थिंकफोनको मार्केटिङ म्याटेरियलहरुको बरेमा सेयएर गरेको बताइएको छ। थिंकप्याड ल्यापटपहरुले जस्तै थिंकफोनले पनि व्यापार केन्द्रित प्रयोगकर्ताहरुलाई लक्षित गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

मोटोरोला थिंकफोनको स्पेसिफिकेशन र डिजाइन 

उक्त फोनको डिजाइन अघिल्लो रेन्डरहरुमा देखिएका जस्तै हुने भनी मार्केटिङ म्याटेरियलहरुले बताएको उल्लेख गरिएको छ। साथै कम्प्याक्ट फोनको दाँया भागमा तीन बटनहरु भएको बताइएको छ। फोनको माथिल्लो बाँया भागमा रातो बटन रहेको बताइएको छ। यद्यपि उक्त बटनहरुको फङ्गसन्यालिटिको बारेमा थप विरणहरु नखुलाइएको उल्लेख गरिएको छ।

वेबक्याम, मिरर फोन, कनेक्ट डिस्प्ले र अन्य थुप्रै अप्सनहरु फोनमा भएको बताइएको छ। त्यसैगरी कम्प्यूटिङ डिभाइस मार्फत प्रयोगकर्ताले म्यूजिक कन्ट्रोल गर्न सक्ने अप्सन पनि रहेको उल्लेख गरिएको छ। त्यसैगरी सामसङ ग्यालेक्सी फोनहरुमा पनि थिंकफोनको अप्सनहरु जस्तै फिचरहरु र फङ्गसनहरु डीईएक्स मोड मार्फत सपोर्ट गर्ने बताइएको छ।

थिंकफोनको रियर प्यानल टेक्सचर्ड फिनिसमा भएको बताइएको छ। उक्त ह्याण्डसेटमा आईपी रेटिङ अनुसार वाटर रेस्सिटेन्ट पनि रहेको उल्लेख गरिएको छ। फोनको रियर प्यानलमा रेक्ट्र्याङगुलर क्यामरा मोड्युलको लागि हाउजिङ पनि रहेको बताइएको छ। रियर क्यामरा सेटअपमा तीन वटा क्यामरा सेन्सहरु समावेश गरिएको बताइएको छ।

एन्ड्रोइड १३ ओएस सहित फोनमा १२ जीबी र्याम र ५१२ जीबीको इन्टर्नल स्टारेजको साथै स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी समावेश गरिएको उल्लेख गरिएको छ। त्यसैगरी फोनमा ६८ वाट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेस गरिने बताइएको छ। उक्त फोनमा १४४ हर्जको रिफ्रेस रेट भएको ६।६ इन्चको ओलेड डिस्प्ले हुन सक्ने रिपोर्टहरुमा उल्लेख गरिएको बताइएको छ।

प्रकाशित: १७ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया