
काठमाडौं ।
युरोपेली आयोगले बिहीबार अमेरिकाको मुद्रास्फीति न्यूनीकरण ऐनको सुरक्षात्मक स्वागत गरेको छ। ईयु कम्पनीहरुले अमेरिकी मुद्रास्फीति न्यूनीकरण ऐनबाट आंशिक रुपमा फाइदा लिन सक्ने तर यसमा थप सुधारको आवश्यक रहेको बन्दै स्वागत गरेको रोयटर्सले उल्लेख गरेको छ।
४३० बिलियन अमेरिकी डलर ग्रिन सब्सिडी कानूले अमेरिकीमा उत्पादित इलेक्ट्रिक सवारी र अन्य ग्रिन उत्पानहरु किन्नका लागि कर क्रेडिटप्रदान गर्छ। यसले युरोपेली देशहरुको तुलनामा अमेरिकका इलेक्ट्रिक उत्पादनको खर्चमा विश्वको अग्रडी मुलुक बन्ने खतरा पैदा भएको थियो।
२७–राष्ट्रीय युरोपेली संघका लागि व्यापार नीतिको समन्वय गर्ने आयोगले बिहीबार प्रकाशित अमेरिकी निर्देशनले ईयु उत्पादकहरूले व्यावसायिक अपरेटरहरूलाई बिक्रीको लागि कर क्रेडिटबाट फाइदा लिन सक्ने देखाएको बताएको छ। तर युरोपेली सवारी साधनहरू निजी ग्राहकलाई बिक्री गर्दा त्यस्तो क्रेडिटको लागि योग्य हुने छैनन्।
यो स्किम २०२३ जनवरी १ देखि लागु हुनेछ।
आयोगले ईयु उत्पादकहरुको स्थापित वा पूर्वानुमानित व्यापार मोडलहरुमा परिवर्तन बिनै योग्य ईयु कम्पनीहरु कमर्शियल क्लिन भेहिकल क्रेडिट उपलब्ध हुने बताएको छ।
नीति अनुसार क्रेडिट पाउनका लागि योग्य निर्माताद्वारा बनाइएको हुनु पर्छ।
तर उपभोक्ताका लागि नयाँ क्लीन भेहिकल क्रेडिट लिनका लागि सवारी उत्तर अमेरिकामा एसेम्बल भएको हुनुपर्छ।
प्रकाशित: १६ पुष २०७९, शनिबार