अमेजनको अर्डर अब तपाइँको घरमा उडेर पुग्ने, कम्पनीले सुरु गर्यो ड्रोन डेलिभरी सेवा

  • Technology Khabar | १६ पुष २०७९, शनिबार
अमेजनको अर्डर अब तपाइँको घरमा उडेर पुग्ने, कम्पनीले सुरु गर्यो ड्रोन डेलिभरी सेवा

काठमाडौं ।

अमेजनले ड्रोनमार्फत सामानहरुको डेलिभरी सुरु गरेको छ। कम्पनीले अमेरिकामा यो सेवा सुरु गरेको हो। जसमा एक घण्टाभित्र ग्राहकलाई सामान पुर्याउने भनिएको छ।

यो सेवा हाल क्यालिफोर्निया र टेक्सासमा रोल आउट गरिएको छ। यो सेवा पछि, वितरण समय नाटकीय रूपमा कम हुने दाबी गरिएको छ। सडक यातायातमार्फत पहिले ग्राहकसम्म अर्डर पुग्न कम्तिमा एक दिन लाग्ने गरेकोमा अब १ घण्टामा मात्रै ग्राहकलाई पुर्याउन सकिन्छ।

कम्पनीले यस सेवालाई अमेजन प्राइम एयरको नाम दिएको छ । रिपोर्ट अनुसार, हालै केही पार्सलहरू लकफोर्ड, क्यालिफोर्निया र कलेज स्टेशन, टेक्सास आदिमा ड्रोनमार्फत ग्राहकहरूलाई पुर्याइएको छ।

अमेजनले पनि आफ्नो एक ब्लग पोस्टमा यो सेवाको बारेमा उल्लेख गरेको छ। जुन २०२२ मा ई-कमर्स साइटले यसको घोषणा गरेको थियो। जसमा कम्पनीले पहिलो पटक अमेजन प्राइम एयरको बारेमा बताएको थियो । अब अन्ततः यो सेवा सुरु भएको छ।

अमेजन विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी हो। ड्रोन डेलिभरी सेवाका बारेमा कम्पनीले आफ्नो उद्देश्य आफ्ना ड्रोनलाई सुरक्षित रुपमा आकाशमा लैजाने रहेको बताएको छ। उनीहरुले यसको शुरुवात गरेका छन् र क्रमशः अन्य ग्राहकहरुमा पनि यो डेलिभरी सेवा विस्तार गरिने छ ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले सन् २०२० मा नै यसका लागि कम्पनीलाई पार्ट १३५ स्वीकृति दिएको थियो। यसमा, कम्पनीलाई ड्रोनबाट प्याकेजहरू वितरण गर्न अनुमति दिइएको थियो।

लकफोर्ड र कलेज स्टेशनमा योग्य ग्राहकहरूले साइन अप गर्न र अर्डर राख्न सक्छन्। अहिले यो सेवा सबै ठाउँमा उपलब्ध छैन। उक्त क्षेत्रका ग्राहकलाई आफ्नो क्षेत्रमा ड्रोन सेवा उपलब्ध छ वा छैन भन्ने जानकारी कम्पनीले नै दिनेछ। अर्डर दिएपछि, ग्राहकहरूलाई पार्सल डेलिभरीको अपेक्षित समय पनि कम्पनीले सूचित गर्ने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १६ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार