
काठमाडौं ।
सामसङले इन्ट्रीलेवल ग्यालेक्सी एफ०४ सार्वजनिक गर्ने तयारी गरेको छ।
जीएसएमएरिनका अनुसार सामसङ ग्यालेक्सी एफ०४ पहिलो पटक भारतमा सार्वजनिक गरिनेछ। फ्लिपकार्डमा १०० अमेरिकी डलरमा बिक्रीमा राखिनेछ।
आधिकारिक रुपमा डिभाइसको स्पेसिफिकेसन बाहिर आएको छ। रिपोर्ट अनुसार डिभाइस ग्यालेक्सी ए०४ वा ग्यालेक्सी ए०४ई को नाममा आउनेछ। पछाडि दुई क्यामरा भएको फोनमा ८ जीबी र्याम हुनेछ।
६.५ इन्चको एलसीडी डिस्प्ले युक्त फोनमा ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।
फोनमा ५ हजार एमएएचको ब्याट्री छ।
प्रकाशित: १६ पुष २०७९, शनिबार