चीनले विदेशी भिडियो गेमहरु अनुमोदनको निलम्बन हटायो

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
चीनले विदेशी भिडियो गेमहरु अनुमोदनको निलम्बन हटायो

काठमाडौं ।

जुन २०२१ को निलम्बन अवधि समाप्त गर्दै चीनले विदेशी भिडियो गेमहरूको प्रकाशन स्वीकृति प्रदान गर्न पुनः सुरु गरेको छ।

चिनियाँ भिडियोगेम नियामक, नेशनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले यस महिनाको सुरुमा ४४ वटा आयातित शीर्षकहरू स्वीकृत गरेको वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ।

सो सूचीमामा चीनको टेन्सेन्ट र जापानको द पोकेमोन कम्पनीले सह-विकसित गरेको ‘पोकेमोन युनाइट’ मल्टिप्लेयर ब्याटल एरेना गेम र रियोट गेम्सको ‘भ्यालोर्यान्ट’ नामक फर्स्ट पर्सन शूटर गेम समावेश छ।

यसमध्ये सात दक्षिण कोरियाली खेलहरूको स्वीकृति महत्त्वपूर्ण छ किनभने चीनले सन् २०१७ मा दक्षिण कोरियाले अमेरिकी मिशाइल डिफेन्स शिल्ड स्थापना गरेको विवाद पछि दक्षिण कोरियाली सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो।

यो नयाँ सूची अघि, दक्षिण कोरियाली दुई खेल मात्र स्वीकृत भएको थियो।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार