
काठमाडौं ।
छिमेकी देश भारतमा टेलिकम अपरेटर रिलायन्स जियोले आफ्नो ट्रु फाइभजी नेटवर्कलाई देशको हरेक कुनामा छिटो फैलाउने बताएको छ।
टेलिकम अपरेटरले हालसम्म दिल्ली-एनसीआर, मुम्बई, चेन्नई, कोलकाता, गुजरात, वाराणसीलगायत धेरै शहरहरूमा आफ्नो उच्च-गतिको मोबाइल नेटवर्क विस्तार गरेको छ र हालै एकैसाथ ११ शहरहरूमा ५जी नेटवर्क सुरू गर्ने घोषणा गरेको छ।
कम्पनीका मालिक मुकेश अम्बानीले सन् २०२३ मा जियो ट्रु फाइभजी नेटवर्क देशभर फैलिने दाबी गरेका छन्।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले सन् २०२३ मा भारतभर जियो ५जी सेवा सुरु हुने पुष्टि गरेका छन्। नेटवर्क रोलआउटको सुरुमा, एयरटेल र जियोले पनि यो चरणबद्ध रोलआउट हुने र प्यान इन्डिया ५जी सेवाको लागि २०२४ को शुरुवात सम्म लाग्न सक्ने भनेका थिए।
टीओआईको रिपोर्टअनुसार रिलायन्स परिवार दिवस समारोहमा बोल्दै मुकेश अम्बानीले भने “जियोको ५जी डिप्लोयमेट २०२३ मा पूरा हुनेछ।”
उनले ग्रामीण–शहरी विभेदलाई मेटिने पनि बताए। उनले थपे, “हरेक गाउँमा फाइभजी कनेक्टिभिटी हुने भएकाले, भारतसँग हाम्रो देशमा लामो समयदेखि ग्रस्त रहेको ग्रामीण-शहरी विभाजनलाई पूर्ण रूपमा मेटाउने ऐतिहासिक अवसर छ।”
हालै रिलायन्स जियोले आफ्नो सबैभन्दा ठूलो ५जी रोलआउट गरेको छ। कम्पनीले एकैसाथ ११ सहरमा फाइभजी सेवा सुरु गरेको छ । जियोले यी ११ शहरका जियो प्रयोगकर्ताहरूलाई ‘जियो वेलकम अफर’ अन्तर्गत आमन्त्रित गरिनेछ र उनीहरूले १ जीबीपीएस भन्दा माथिको गतिमा असीमित डाटा पाउनेछन्।
प्रकाशित: १५ पुष २०७९, शुक्रबार