शाओमीका अध्यक्ष वाङ सियाङको राजीनामा

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
शाओमीका अध्यक्ष वाङ सियाङको राजीनामा

काठमाडौं ।

शाओमीले अध्यक्ष वाङ जियाङ लगायत तीन जना कार्यकारीहरू गुमाउँदै गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ।

शाओमीका अध्यक्ष लेइ जुनले कर्मचारीहरूलाई पठाएको नोटमा उनीहरु रिटायर हुन लागेको जानकारी दिईएको छ।

वाङ जियाङले सेवानिवृत्त भएपछि कम्पनीको वरिष्ठ सल्लाहकारको रूपमा सेवा जारी राख्ने घोषणा उनले गरे।

तीन वर्षअघि शाओमीको रेडमी सब-ब्रान्डको नेतृत्व गर्न कम्पनीमा सामेल भएका लु वेइबिङ अब वाङको स्थानमा अध्यक्ष हुनेछन्।

दुई सह-संस्थापक, हङ फेङ र वाङ चुआनले दैनिक कामकाजबाट राजीनामा दिनेछन्।

पाण्डेलीले रिपोर्ट गरे अनुसार कम्पनीका सह-संस्थापक हङ फेङ र वाङ चुआन व्यापारको अग्रपङ्क्तिबाट पछि हटेपनि उनीहरू साझेदार समितिको सदस्यको रूपमा रहनेछन्।

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार